काठमाडौं ।
भारतको मणिपुर हुँदै अवैध तवरबाट तेस्रो देशतर्फ लैजाने लागिएका बेला भारतबाट उद्धार गरिएका १७९ जनालाई बुधबार काठमाण्डौ ल्याइएको छ ।
मानव बेचबिखन गर्ने उद्देश्यले नेपालबाट भारत मणिपुरको विभिन्न स्थानमा र्पुयाइएको आशङ्का गरिएका ३२ पुरुष र १४७ महिलासहित १७९ नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको हो ।
भारत सरकार तथा स्थानीय सङ्घसंस्था र भारतको दिल्लीस्थित नेपाली राजदूतावासको सहकार्यमा उनीहरुको गत माघ २३ गते उद्धार गरिएको थियो । मङ्गलबार झापाको काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई बुधबार काठमाण्डौ ल्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
९ फाल्गुन २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया