मायादेवी अनलाइन, पकडी ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाका अति विपन्न १६ घर परिवारलाई किराना सामग्री वितरण गरिएको छ । आयआर्जनका लागि सहयोग मिल्ने भन्दै ८ लाख बराबरको किराना सामग्री वितरण गरिएको हो ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना र यूरोपिएन युनिएन वी वल्र्ड अनलसको आर्थिक सहयोग तथा ग्लोबल एक्सन नेपालको साझेदारीमा सन्चालित पिक परियोजना अन्तरगत उक्त सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद चौधरीले विपन्न समुदायको आर्थिक स्तर सुधारका लागि टेवा मिल्ने भन्दै बालबालिकाको शिक्षामा पनि सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकालले विद्यार्थीलाई नियमित विद्यालयमा पठाउन आग्रह गर्नुभयो ।
आयआर्जनका लागि किराना सामग्री वितरण कार्यक्रम अन्तरगत गाउँपालिकाका १ सय २० घर परिवारलाई किराना सामग्री वितरण गरिने छ । जस अनुसार पहिलो चरणमा बुधबार १६ घर परिवारलाई प्रति परिवार ४५ हजारका दरले सामग्री वितरण गरिएको हो ।
कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रका संस्थापक उपाध्यक्ष सूर्यकुमारी शाहीको अध्यक्षता, सिद्धार्थ सामाजिक विकास केन्द्रको तर्फबाट टिम लिडर अजय चौधरीको स्वागत मन्तब्य र ग्लोबल एक्सन नेपालका स्रोत प्रशिक्षक गीता अर्यालको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका कृषि शाखा प्रमुख राम कुमार चौधरी, पशु कार्यलयको तर्फबाट बढेलाल कोहार लगायतले बोल्नु भएको थियो । कार्यक्रममा ईलेक्ट्रोनिक वेयटिङ मेसिन, फ्रिज, टङ्की लगायत किरान सामग्री वितरण गरिएको थियो ।
८ फाल्गुन २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया