बाबुराम रायमाझी, भलवाड ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यक्रम अनुसार जिल्ला कार्य समितीले आफ्नो कार्यक्रम कपिलवस्तुमा गरेको छ । जस अन्तर्रगत राप्रपा कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरवार काठमाडौं ज्ञापनपत्र पेश गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य धु्रव बहादुर रायमाझीको नेतृत्वमा जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, रामु शर्मा, भिष्म बञ्जाडे, युवा मोर्चाका घनश्याम चौरासीया लगायतले प्रशासन मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका हुन । ज्ञापनपत्र बुझाउने कार्यक्रम मंगलबार भएको हो ।
ज्ञापन पत्र बुझाएपछि जिल्ला प्रशासन कार्यालय अगाडी भएको कोणसभामा बोल्दै पार्टीका केन्द्रिय सदस्य रायमाझीले प्रधानमन्त्रीले पार्टीको माग सुन्नुपर्नेमा जोड दिनुभयो । देशलाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने भन्दै आफुहरु यस मुद्धामा लागेको बताउनुभयो ।
राप्रपा कपिलवस्तुले बुझाएको ज्ञापन पत्र यस्तो छ ।
-संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरियोस तथा पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गरीयोस् ।
-संघियताबारे जनताको प्रत्यक्ष अभिमत बुझन राष्ट्रिय जनमत संग्रह गरीयोस् ।
-देश टुक्राउन चाहने बिखण्डनकारी तत्वलाई कडाईकासाथ नियन्त्रण गरी राष्ट्रिय अखण्डता सुदृढ तुल्याईयोस् ।
-भ्रष्टचार नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस् ।
-हाल आरक्षणको सुविधाबाट वञ्चित रहेका आर्थिक रुपमा विपन्न अन्य जातिय समूहलाई समेत सबै क्षेत्रमा कम्तिमा १० प्रतिशत आरक्षण गरीयोस् ।
-१० कक्षासम्म नैतिक तथा संस्कृत शिक्षा अनिवार्य गरीयोस् ।
-स्थानीयतहमा लगाएका अव्यवहारिक करहरु तथा ३ तहका सरकारबाट लगाइएका दोहारो कर तत्काल खारेज गरियोस् ।
—विदेशमा रहेका नेपाली नागरीकहरुले समेत मतदान गर्नपाउने गरी आवश्यक व्यवस्था आगामी आम निर्वाचनबाट सुरु गरीयोस लगायत २२ बुँदे मागहरु रहेका छन् ।
प्रतिक्रिया