१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बुद्धभूमि महोत्सवको छैठौ दिन, २५ सय दर्शकद्धारा अवलोकन, कारोबार ३० लाख



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको इमिलियामा जारी दोश्रो बुद्धभूमि कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीको बुधबार २५ सय दर्शकले मेला अबलोकन गरेका छन । महोत्सवमा अनुमानित ३० लाखको कारोबार भएको मेलाका आर्थिक संयोजक कृष्ण गिरीले जानकारी दिनुभयो । संयोजक गिरीका अनुसार महोत्सवमा बिहिवार र शुक्रबार निशुल्क दन्त शिबिर चल्ने छ ।
महोत्सवको छैठौं दिन बुधबार डान्स आइडलको टप सातमा पर्न सफल प्रतियोगीहरुमा आर्जित थापा, सन्दिप थारु, क्रिस सोमै मगर, मनिष सुनार, डान्सर क्विन, अस्मिता पौडेल र पार्वती खनाल रहेका दोस्रो डान्सिङ्ग स्टारका संयोजक कमल राज पाण्डेले जानकारी दिनुभयो ।
डान्स आइडलको प्रथम पुरस्कार ५० हजार, द्धितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रहेको उक्त नगद पुरस्कारहरु स्थानीय उद्योग व्यवसायीले सौजन्य गरेको मुल आयोजक समितिका संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो ।
बुुधबार राष्ट्रिय लोकदोहोरी गायक खुमन अधिकारी र आधुनिक गायिका प्रिया भण्डारी र अर्जुन मिश्रले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्दै छमछमी नचाउनुभएको थियो । भोली बिहिवार राष्ट्रिय कलाकार रुपक डोटेल, मिलन बि.सि र बिमल गैरेको प्रस्तुत रहने आयोजकले जनाएको छ ।
महोत्सवमा दिनप्रतिदिन रौनकता थपिदै गएको छ । कृषि, उद्यम, व्यापार, पर्यटन, सस्कृति र स्वरोजगार, आत्मनिर्भर, सिपयुक्त, सबल र समृद्ध बुद्धभूमि नगर भन्ने नाराका साथ बुद्धभूमि नगरपालिका ३ इमिलियामा जारी महोत्सवमा दर्शकहरुको भिडभाडले रौनकता थपेको हो ।
महोत्सवमा दोश्रो बुद्धभूमि डान्सिङ्ग स्टारले थप आकर्षण बढाएको छ । डान्स आइडलले स्थानीय कलाकारको खोजी गर्दै सहभागी प्रतियोगीहरुले विभिन्न गितमा आ–आफनो प्रस्तुती राखेका छन् । प्रतियोगीहरुले दर्शक, स्थानीय समुदाय तथा अभिभावकको मन जित्दै महोत्सवमा डान्स आइडलले रौनकता बढ्दै गएको आयोजकले बताएका छन् ।
दोश्रो बुद्धभूमि डान्सिङ्ग स्टारले यस क्षेत्रको प्रतिभावान कलाकारको खोजी गर्ने विश्वास प्रकट गर्दै उत्कृष्ट प्रतियोगीलाई भोटिङ्ग गर्न पनिअभिभावकले राम्रो आ आफना छोराछोरीलाई आ–आफनो दर्शकहरुको मन जितेको छ ।
महोत्सवमा सुरक्षा व्यवस्थालाई चुस्त राख्न सिसिटिभी क्यामेरा जडान गरिएको छ । महोत्सव क्षेत्र भित्र निगरानी बढाउन नयाँ प्रविधीका १० वटा सिसिटिभी क्यामेरा जडान गरिएको ग्लोरियस कम्प्युटर एण्ड इलेक्ट्रोनिक्सका प्रोप्राइटर सुरेन्द्र भट्टराईले बताउनुभयो ।
महोत्सवका उद्योग तथा व्यापार संयोजक समेत रहनु भएका भट्टराईले महोत्सवको मुख्य गेट, सचिवालय, स्टेज भित्र र वाहिर र प्रत्येक स्टल लाइनमा सवै क्षेत्रको कभरेज हुने गरी सिसिटिभी क्यामेरा जडान गरिएको जानकारी दिनुभयो ।
बुद्धभूमि नगरपालिकाको संरक्षकत्व रहेको महोत्सव युथ एलायन्स फर चेन्जको आयोजनामा फाल्गुण ३ गतेदेखि १२ गते सम्म संचालित हुनेछ । दोश्रो बुद्धभूमि महोत्सवमा विभिन्न विधाका १ सय ५० स्टलहरु रहेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५ बुधबार ००:००  २ : ०० बजे