काठमाडौं ।
सीवाईसी अत्तरिया धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको फाइनल प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो क्वालिफायर काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरिया डीपीएल क्रिकेटको पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । लिग चरणको अन्तिम खेलमा पनि अत्तरियाले काठमाडौंलाइ७ विकेटले हराएको थियो ।
ड्रिम फाप्ला मैदानमा १११ रनको सामान्य चुनौती पछ्याएको काठमाडौं १८।३ ओभरमा सबै विकेटको क्षतिमा ६९ रनमै समेटियो । काठमाडौंका कुनै पनि ब्याट्सम्यानले उच्च स्कोर बनाउन सकेनन् । गौरभ तमोरले २६ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल र योगेन्द्रसिंह कार्कीले समान ११(११ रन बनाए ।
काठमाडौंले २।३ ओभरमा एक रन बनाउँदा पहिलो विकेटको रुपमा अनिलकुमार शाहलाई गुमाएको थियो । ४।२ ओभरमा १३ रन हुदा कप्तान मल्ल आउट भएसँगै काठमाडौं दबावमा आएको थियो ।
बलिङतर्फ सन्नी पटेलले तीन, र कमलसिंह ऐरी र भुवन कार्कीले समान २(२ विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा मात्र आठ रन खर्चेर एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११० रन बनाएको थियो । अत्तरियाका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाएका थिए । त्यस्तै, सन्नी पेटलले २८ रन बनाउदा शुभेन्दु पाण्डेले १६ रन बनाएका थिए ।
बलिङतर्फ सूर्य तामाङ र अंकित दबासले समान २(२ विकेट लिए ।
विजेता टिम अत्तरिया फाइनलमा पुग्दा काठमाडौंलाई दोस्रो क्वालिफायरको खेल खेल्दै फाइनल पुग्ने अवसर छ । महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सबीच इलिमिनेटरमा प्रतिस्पर्धा हुदैछ । दुई टिमबीचको विजेतासँग काठमाडौं गोल्डेन्सले फाइनल प्रवेशका लागि खेल्नेछ ।
प्रतिक्रिया