काठमाण्डौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाहिर प्रदर्शन गर्ने विवकेशील साझा पार्टीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अख्तियार दुरूपयोग अनुषन्धान आयोगबाहिर अख्तियारलाई सघाउने र भष्टाचारको विरोध गर्ने उद्देश्यले आयोजना गरेको विरोध प्रदर्शनमा प्रहरी धरपकड भएको भन्दै विवेकशील साझाले आपत्ति जनाएको छ ।
‘अख्तियार सानो माछामात्र होइन, ठूलो पनि समाउ’ भन्दै सांकेतिकरूपमा ठूलो माछा बनाएर प्रदर्शन गर्नेहरूमध्ये पार्टीका ३० जनाभन्दा बढी प्रदर्शनकारी गिरफ्तार भएका छन् ।
‘हामी ट्र्याफिक अवरोध गर्दैनौं, लाइनबाट जान्छौं’ भन्दाभन्दै गिरफ्तार गरिएको विवेकशिलका नेताहरुले बताएका छन् । यसरी पक्राउ पर्नेमा पार्टीकी प्रदेश ३ संयोजक समिक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठ र ललितपुरका जिल्ला संयोजक उज्वलकृष्ण श्रेष्ठ रहेको पार्टी संयोजक रवीन्द्र मिश्रले जानकारी दिएका छन् ।
प्रहरी नियन्त्रणमा रहेका कार्यकर्तालाई तत्काल रिहा गर्न विवकेशीलले माग गरेको छ । पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै शान्तिपुर्ण ढङ्गबाट गरिएको प्रदर्शनसमेत दबाउन खोज्नुले यो सरकार तानाशाही बन्दै गइरहेको पुष्टि भएको बताएका छन् ।
पार्टीका संयोजक रवीन्द्र मिश्रले कार्यक्रमको जानकारीसहित प्रदर्शनीको तस्बिरलाई सामाजिक सञ्जाल ट्वीटरमा राखेका छन् ।
८ फाल्गुन २०७५ बुधबार ००:००
0
Shares
प्रतिक्रिया