१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

विजयनगरमा राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रम हुँदै, पूर्व प्रम प्रचण्डले उद्घाटन गर्ने



गीता पौडेल, चन्द्रौटा ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा मुशायरा (गजल) कार्यक्रम हुने भएको छ । कार्यक्रमले विजयनगरको पहिचान राष्ट्र तथा अन्तराष्ट्रिय स्तर सम्म पुग्ने विश्वासले कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रिय तथा भारतिय कविहरुले मुशायरा गाउँने कार्यक्रमको रहेको छ । आज पत्रकार सम्मेलन गरि यहि फागुन १० गते गाउँपालिकाको हरीबोध प्रा.वि.को प्राङ्गणमा कार्यक्रम हुने आयोजक विजयनगर गाउँपालिकाले जनाएको छ ।
मुशायरा कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै नेपालका लागि भारतीय राजदुत मन्जीव सिंह पुरी, भारतीय पूर्वमन्त्री शिवपाल यादव लगायत नेपाल शिर्ष नेताहरुको उक्त कार्यक्तममा सहभागीता रहने गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनुभयो ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले सवै तहवाट पछाडी परेकोले यस क्षेत्रमा राष्ट्रियस्तरका व्यक्तिहरुलाई ल्याउन प्रयास गरेको उहाले वताउनुभयो । कार्यक्रमको लागि युवा, महिला विभिन्न राजनिति दल, शिक्षक लगायत स्थानीय वुद्धिजिविहरु सग छलफल र समन्वय भइसकेको थापाले जनाउनुभयो । अहिले कार्यक्रममा स्टेज निमार्ण, गेट निमार्ण लगायतका कामहरु भइरहेको छ । कार्यक्रममा दशौं हजार दर्शक ल्याउने गरी तयारी भइरहेको उहाले जनाउनुभयो ।
मुशायरा कार्यक्रममा भारतका कवि जोहर कानपुरी, सोरभ जैन, सबिना अदिब, अनामिका अम्बर, डा.अनिल चौवे, रमेश बासुरी, विकास बौखर साथै नेपालका जाहिद अजाद लगायतका कबिहरु रहने छन् । यस कवि मुशायरा सम्मेलन भव्य सभ्य रुपमा सम्पन्न गर्नको लागि सवैको सहयोग आवश्यक रहेको अध्यक्ष थापाले बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले यस मुशायरा कार्यक्रमले दिर्घकालिन रुपमा जिल्लाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । गिरीले कार्यक्रमलाई सफल पार्न संचार माध्यमले सकारात्मक भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले कार्यक्रम वारे आम नागरिकलाई जानकारी दिन जिल्लाका सम्पुर्ण संचार माध्यमले प्रचार प्रसार गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५ मंगलबार ००:००  ४ : ५६ बजे