रुपन्देही ।
दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले रुपन्देहीको सैनामैनामा राष्ट्रिय स्तरको सीप विकास केन्द्र स्थापना गरिने भएको छ । सैनामैना नगरपालिकाको वडा नम्बर ७ लम्टैयामा रहेको जग्गामा यस्तो केन्द्र बनाउन प्रस्ताव गरिएको थियो ।
सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने र त्यसलाई उत्पादनमा जोड्ने उद्देश्यका साथ देशभर तीन स्थानमा यस्ता सीप विकास केन्द्र स्थापना गर्ने सरकारको तयारी छ ।
प्रस्तावित जग्गाको मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टसहितको टोलीले निरिक्षणसमेत गरेको छ । प्रस्तावित जग्गामा प्राविधिक अध्ययन भने यसअघि नै भइसकेको थियो ।
मंगलबार मन्त्रीसहितको टोलीले विशेष अवलोकन गरेपछि सैनामैनामा केन्द्र बन्ने लगभग पक्का भएको छ । गरिबी न्यूनिकरण गर्न ठोस योगदान र्पुयाउँदै विदेशी कामदारलाई प्रतिस्थापन गरी सीपयुक्त जनशक्ति उत्पादन गर्ने र बेरोजगारी समस्यालाई समाधान गर्ने सरकारको लक्ष्य छ ।
७ फाल्गुन २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया