मायादेवी अनलाइन, वाणगंगा ।
६९ औँ प्रजातन्त्र दिवस मंगलबार देशभर विविध कार्यक्रम गरी मनाइएको छ । यसै अवसरमा नेपाली कांग्रेस कपिलवस्तुले जिल्लामा बिभिन्न कार्यक्रम गरेको छ । बाणगंगा नगरपालिका र राजेश आस्था फाउण्डेसनमा रहेका विरामी तथा पुर्नस्थापित जीवन जिइरहेकालाई कांग्रेसले फलफूल र जुस वितरण गरेको हो ।
। जिल्ला सभापति सुरेन्द्रराज आचार्यको अध्यक्षता, प्रतिनिधि सांसद अत्तर कमालको प्रमुख आतिथ्यमा कपिलवस्तु सामुदायिक अस्पत्तालका ४५ विरामी र राजेश आस्था फाउण्डेसनका ५५ गरी गरी कुल सयबढीलाई फलफूल र जुस वितरण गरिएको हो ।
फलफूल वितरण गर्दै प्रमुख अतिथि अतहर कमालले मुलुकले प्रजातन्त्र दिवस मनाइरहँदा जनताले भने साँचो प्रजातन्त्रको अनुभूति गर्न नसकेको बताउनुभयो । प्रजातन्त्रपछि पनि मुलुकमा भ्रष्टाचार बढ्नु, अपराध मौलाउनु, जनताले अधिकार प्रयोग गर्न नपाउनु दुखद भएको उहाँको भनाई छ । प्रजातन्त्रको नाइके काग्रेश भए पनि कांग्रेसले पनि बाटो विराएको उहाँको स्विकारोक्ति छ । नेता कमालले अब सबै दल सच्चिएर प्रजातन्त्रको रक्षा गर्नु पर्ने बताउनुभयो । जिल्ला सभापति आचार्यले जनतालाइ दुखमा साथ दिने पार्टी कांग्रेस मात्र भएको बताउँदै विरामीहरुलाई थोरै भए पनि राहत दिन आज फलफलू वितरण गरिएको बताउनुभयो ।
दिवसकै अवसरमा कांग्रेस कपिलवस्तुले अर्घाखाँची कपिलवस्तु समपर्क मञ्चको पनि गठन गरेको छ । दुई जिल्लामा पार्टीका गतिविधिलाई सक्रिय बनाउन सम्पर्क मञ्च गठन गरिएको पार्टीले जनाएको छ । कार्यक्रममा महासमिति सदस्य, दुई जिल्लामा रहेका नेताहरुले बोल्नु भएको थियो । दुवै कार्यक्रमको संचालन युवा नेता चन्द्रकान्त पोख्रेलले गर्नु भएको थियो । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भए पनि जनताले भने सच्चा प्रजातन्त्रको अनुभूति गर्न पाएका छैनन् । बादहरु बदलिए पनि नेताहरु व्यक्तिक स्वार्थमा लाग्दा आम जनताको आर्थिक अवस्थामा भने कुनै परिवर्तन आउन सकेको छैन । प्रजातन्त्र हुँदै मुलुक संघिय गणतन्त्रमा प्रवेश गरे पनि दिनप्रतिदिन जनतामा आशाभन्दा निरासा पैदा भइरहेको छ ।
प्रतिक्रिया