९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ज्ञानपुञ्ज खाना महोत्सवः विद्यार्थीले बनाए मुखै रसाउने बिभिन्न परिकार(फोटो फिचर)



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
ज्ञापुञ्ज इङलिस बोर्डिङ स्कुल बाणगंगाा १ वैरियामा आज खाना महोत्सव सम्पन्न भएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको संयोजनमा महोत्सव सम्पन्न भएको हो । विद्यार्थीहरुले स्थानीय स्तरमा उपलब्ध साधन र श्रोतको प्रयोग गरी स्वदेश तथा विदेशमा प्रचलित खानाका परिकार जस्तै खिर,गुन्द्रक, स्याउको हलुवा,स्यामबल राइस आदि तयार पारेका थिए । ब्रिटिस काउन्सिल नेपाल र पाठ्यक्रम विकास केन्द्रले प्रदान गर्ने इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गर्न बर्षभरी गरिने बिभिन्न अतिरिक्त क्रियाकलाप मध्ये खाना महोत्सव आयोजना गरिएको विद्यालयका प्रिन्सिपल रोमाकान्त घिमिरेले बताउनु भयो ।


खाना महोत्सवमा सहभागी हुनुभएका बाणगंगाा नगर उपप्रमुख चक्र अर्यालले नगर भित्रका विद्यालयमा यस्ता बिभिन्न क्रियाकलाप हुनु गर्वको विषय भएको भन्दै यसले कला, संस्कृति र मौलितालाई जगेर्ना गर्न ठुलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्नभयो । उहाँले यस्ता कार्यक्रमले एक देश र अर्को देशमा सिकाई हस्तानतरण गर्न मदुधत पुग्ने पनि बताउनु भयो । अबको समयमा केवल किताब, कापी र कक्षाकोठामा सिमित पढाइले बालकालिकाको सर्वाङगिण विकास नहुने उहाँको भनाई छ ।
खाना महोत्सवमा आफ्नो धारणा राख्दै जिल्ला शिक्षा प्रमुख बाबुराम भट्टराइले पछिल्लो समय शिक्षण गर्ने परम्परामा व्यापक परिवर्तन आएको बताउनु भयो ।स्थानीय सामाग्री प्रयोग गरेर स्कुल हाताभित्रै यस्ता कार्यक्रम हुँदा खाना स्वास्थ्यलाई असर पार्ने जंक फुड स्वतः निरुत्साहित हुने बताउनु भयो । उहाँले हर विद्यालयले यस्ता कार्यक्रम गर्नु पर्ने धारणा राख्नु भयो । देशभर रहेका २ सय विद्यालयमध्ये इन्टरनेशनल स्कुल अवार्ड प्राप्त गर्नको लागि जम्मा ४७ विद्यालय छनोटमा परेका छन् । जसमध्ये जिल्लामा ज्ञानपुत्तज पनि एउटा विद्यालय हो । कार्यक्रममा बाणगंगाा नगरपालिकाका प्रवक्ता विष्णु पौडेल, १ की अध्यक्ष बालकुमारी पन्त, नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी, विद्यालयका अध्यक्ष नवदत्त घिमिरे, सिद्धार्थ क्याम्पसका प्राध्यापक गोविन्द खनाल, लगायतको उपस्थििति रहेको थियो । यसअघि विद्यालयले सोमबार पनि वन विकास र त्यसले जलवायु परिवर्तनमा पारेको प्रभावको बारेमा छलफल कार्यक्रम भएको थियो । विद्यार्थी प्रिन्स बस्यालको सभापतित्वमा भएको कार्यक्रममा डिभिजन वन कार्यालय पिपराका प्रतिनिधि, विद्यालयका अध्यक्ष घिमिरे लगायतको सहभागिता रहेको थियो । विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि निरन्तर रुपमा यस्ता सिर्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५ मंगलबार ००:००  ३ : ४१ बजे