बुटवल ।
नेपाल पुलिस क्लव बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ । आज भएको खेलमा दार्जि्लिगं युनाईटेडलाई दुई शुन्य गोल अन्तरले पराजित गर्दै अन्तिम चारको स्थान पक्का गरको हो । बुटवल ११ देवीनगरस्थित एन्फा रंगशालामा भएको खेलमा पुलिसका रबि पासवानले ४७ औं र मिलन राईले ६८ औं मिनेटमा गोल गरी पुलिसलाई जिताए । आजको खेलमा पुसिकै रबि पासवान म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा भोली पनि महत्वपूर्ण खेल हुँदै छ । अपरान्ह ३ बजे झापा ११ र पाहुना टोली दफिन एफसी क्यामरुन बीच क्वाटर फाइनल हुने छ । फागुन १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ८ लाख ८० हजार,उपविजेताले ५ लाख ५० हजार पाउनेछन् ।
प्रतिक्रिया