१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बुद्धभूमि महोत्सवमा रौनकता थपिदै


७ फाल्गुन २०७५ मंगलबार ००:००  

6
Shares

गीता अर्याल, बुद्धभूमि ।
कपिलवस्तुको इमिलियामा जारी दोश्रो बुद्धभूमि कृषि व्यापारिक, साँस्कृतिक, पर्यटन तथा आद्यौगिक प्रदर्शनीमा रौनकता थपिदै गएको छ । कृषि, उद्यम, व्यापार, पर्यटन, सस्कृति र स्वरोजगार, आत्मनिर्भर, सिपयुक्त, सबल र समृद्ध बुद्धभूमि नगर भन्ने नाराका साथ बुद्धभूमि नगरपालिका ३ इमिलियामा जारी महोत्सवमा दर्शकहरुको भिडभाडले रौनकता थपेको हो । महोत्सवमा दोश्रो बुद्धभूमि डान्सिङ्ग स्टारले थप आकर्षण बढाएको छ । डान्स आइडलले स्थानीय कलाकारको खोजी गर्दै सहभागी प्रतियोगीहरुले विभिन्न गितमा आ–आफनो प्रस्तुती राखेका छन् । प्रतियोगीहरुले दर्शक, स्थानीय समुदाय तथा अभिभावकको मन जित्दै महोत्सवमा डान्स आइडलले रौनकता बढ्दै गएको आयोजकले बताएका छन् । दोश्रो बुद्धभूमि डान्सिङ्ग स्टारले यस क्षेत्रको प्रतिभावान कलाकारको खोजी गर्ने विश्वास प्रकट गर्दै उत्कृष्ट प्रतियोगीलाई भोटिङ्ग गर्न पनिअभिभावकले राम्रो पआ आफना छोराछोरीलाई आ–आफनो दर्शकहरुको मन जितेको छ । महोत्सवको पाँचौ दिन डान्स आइडलको टप आठमा पर्न सफल प्रतियोगीहरुमा आर्जित थापा, सन्दिप थारु, क्रिस सोमै मगर, मनिष सुनार, डान्सर क्विन, अस्मिता पौडेल, पार्वती खनाल र अस्मिता गिरी रहेका छन् । डान्स आइडलको प्रथम पुरस्कार ५० हजार, द्धितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रहेको उक्त नगद पुरस्कारहरु स्थानीय उद्योग व्यवसायीले सौजन्य गरेको मुल आयोजक समितिका संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै महोत्सवमा राष्ट्रिय लोकदोहोरी गायक बद्री पंगेनी र आधुनिक गायक सौगात सायरले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्दै छमछमी नचाएका छन् । चर्चित कलाकार बद्री पंगेनी र सौगात सायरको प्रस्तुती हेर्न दर्शकहरुको घुइचो लागेको थियो । उनीहरुको गित र प्रस्तुतीले विद्यार्थीदेखि बृद्धबृद्धा सवैलाई हौसाएको थियो ।
त्यस्तै महोत्सवमा सुरक्षा व्यवस्थालाई चुस्त राख्न सिसिटिभी क्यामेरा जडान गरिएको छ । महोत्सव क्षेत्र भित्र निगरानी बढाउन नयाँ प्रविधीका १० वटा सिसिटिभी क्यामेरा जडान गरिएको ग्लोरियस कम्प्युटर एण्ड इलेक्ट्रोनिक्सका प्रोप्राइटर सुरेन्द्र भट्टराईले बताउनुभयो । महोत्सवका उद्योग तथा व्यापार संयोजक समेत रहनु भएका भट्टराईले महोत्सवको मुख्य गेट, सचिवालय, स्टेज भित्र र वाहिर र प्रत्येक स्टल लाइनमा सवै क्षेत्रको कभरेज हुने गरी सिसिटिभी क्यामेरा जडान गरिएको जानकारी दिनुभयो ।
बुद्धभूमि नगरपालिकाको संरक्षकत्व रहेको महोत्सव युथ एलायन्स फर चेन्जको आयोजनामा फाल्गुण ३ गतेदेखि १२ गते सम्म संचालित हुनेछ । दोश्रो बुद्धभूमि महोत्सवमा विभिन्न विधाका १ सय ५० स्टलहरु रहेका छन् । सस्कृति संरक्षण, पर्यटन विकास र स्थानीय उत्पादन र बजारीकरणमा जोड दिएको उक्त महोत्सव बुद्धभूमि व्यापार संघ र बुद्धभूमि उद्योग वाणिज्य संघ सह–आयोजक र सहयोगी संस्थाको रुपमा रहेको महोत्सव मुल समारोह समितिका संयोजक अनिल अधिकारीले जानकारी दिनुभयो । महोत्सवको मुख्य प्रायोजक बन्जाडे हार्डवेयर एण्ड विविध सेवा, कृष्टि अटो मोवाइल रहेको छ भने टिकट प्रायोजकको रुपमा लाली चाउचाउ रहेको सचिवालय समिति संयोजक ईश्वरी भुसालले बताउनुभयो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५ मंगलबार ००:००  १ : १५ बजे