कृष्ण प्रसाद पौडेल, कपिलवस्तु ।
स्वार्थ भन्दामाथि उठेर समाज सेवा गर्ने पवित्र उद्देश्यका साथ विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरुको गैरराजनीतिक संगठन रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनले चौथो साधारणसभा विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । सोमबार साँझ बाणगंगा नगरपालिका–४ स्थित पिस हिमालयन रिसोर्टमा आयोजित राजनीतिक व्यक्तित्व, सामाजिक व्यक्तित्व र रोटरीयन र परिवारको संयुक्त सहभागितामा समारोहकाबीच चौथो साधारण सभा सम्पन्न भएको हो ।
रोटरी क्लब एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो, जसले सामाजिक र मानवीय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आइरहेको कार्यक्रमका प्रमुख अतिथ डिष्ट्रिक गर्भनर ३२९२ नेपाल भुटानका अध्यक्ष चिन्तामणि भट्टराईले बताउनुभयो ।
भट्टराईले विश्वकै सबैभन्दा पुरानो सेवामूलक संस्था रोटरी भएको र आफूभन्दा माथि उठेर सेवा गरौं भन्ने मूल मन्त्र र आदर्शलाई आत्मसाथ गर्दै रोटरी स्थापना भएको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि एजी राजेन्द्र ढकालले रोटरी क्लबहरूले सामाजिक उत्थानमा विशेषत स्वास्थ्य, शिक्षा, सामुदायिक विकास, व्यक्तित्व विकास र देश हितको लागि कार्य गरेको वर्षौं भएको बताउनुभयो । डिष्ट्रिक सकेक्रेटरी राजेन्द्र शाक्यले रोटरियनहरू राजनीतिक, धार्मिक, जातजाति र भाषाभाषी आदि भन्दा माथि उठी भेदभाव नराखी मानवीय सेवामा सक्रिय रहेको बताउनुभयो ।
बाणगंगा नगर क्षेत्रका जुजारु कर्मठ र समाजसेवी व्यक्तित्वहरु मिलेर रोटरी मूल्य, मान्यता र आदर्श अनुसार क्लब स्थापना गरी सामाजिक क्षेत्रमा रोटरी क्लब अफ कपिलवस्तुले कार्य गर्दै आएको अध्यक्ष बासुदेव घिमिरेले बताउनुभयो ।
। रोटरियनहको परामर्शबाट कपिलवस्तुमा रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको स्थापना भएको र सीमित स्रोत र साधनकाबीच पनि क्लबले महत्वपूर्ण कामहरु शुरु गरेको घिमिरे बताउनुहुन्छ । रोटरीले मुख्यतयाः शिक्षा स्वास्थ्य र वातावरणको क्षेत्रलाई प्राथमिकतामा राखी कार्य गरेको मिडटाउनका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो ।
अधिकारीले स्वास्थ्य क्षेत्रमा मुख्यतः विश्वबाट पोलियो निर्मूल पार्न रोटरी सफल भएको र शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा छात्रवृत्तिको व्यवस्था गरेको अधिकारीको भनाई छ । रोटरीले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण, बृक्षरोपण, रक्तदान, विद्यालयमा विभिन्न सहयोग गर्दै आएको मिडटाउनका इलेक्ट अध्यक्ष बिरेन्द्र खाँणले बताउनुभयो । रोटरियन भेटघाट एवव् परिवार–परिवारबीचको भेटघाट जस्ता कार्यक्रमले आपसी सद्भाव र हार्दिकता बढाएको खाँणको अनुभव छ । कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु, उप मेयर चक्रपाणी अर्याल, शिक्षा ईकाई प्रमुख खिम बहादुर जि.सी., बाणगंगा न.पा. वडा नं. ४ का वडा अध्यक्ष गणेश क्षेत्री, मिडटाउनका प्रेस सल्लाहकार कृष्ण प्रसाद पौडेललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा पब्लिक इमेज, सर्भिस प्रोजेक्ट, रोटरी फाउण्डेशन, एडमिनिष्ट्रेसन प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रमको अध्यक्षता बासुदेव घिमिरेको रहेको थियो भने स्वागत अञ्जु अधिकारी र कार्यक्रमको सञ्चालन सचिव विष्णु प्रसाद अर्यालले गर्नुभएको थियो ।
७ फाल्गुन २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया