बिष्णु कुमार आले, अर्घाखाँची ।
गएराती भालुको आक्रमणबाट अर्घाखाँचीमा दुई जना गम्भीर घाईते भएका छन् । दिनभर मजदुरको काम गरेर राति करिव साढे ९ बजे घर फर्कने क्रममा दुई ओटा भालुले आक्रमण गरेपछि सितगंगा नगरपालिका वडा नम्बर १० तल्ला हर्रेका ३८ बर्षिय शंकर सोती र ५० बर्षिय पदम बहादुर बलाल घाईते हुनु भएको हो ।
घाईते मध्ये शंकर सोतिलाई भालुले शरिरको विभिन्न भागमा आक्रमण गरि गम्भीर बनाएको छ । घाईतेहरूलाई स्थानीय मेडिकलमा प्राथमिक उपचार पछि अहिले बिहान थप उपचारका लागि बुटवल लगिएको पारिवारीक स्रोतले जनाएको छ ।
घर नजिकै निकै बाक्लो झाडी र जङगल भएका कारण हिड्ने बाटोको घुम्ती नजिकै झाडीमा लुकेर बसेका भालुले एक्कासी आक्रमण गरेको थियो । त्यस क्षेत्रको माथिल्लो हर्रे, तल्ला हर्रे र सिद्धारा बोहखर क्षेत्रको आसपासमा भालुको आक्रमणबाट यस अघि पनि धेरै नागरिक घाईते भैसकेका छन् ।
६ फाल्गुन २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया