१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

हात्तिपाइले रोग विरुद्धको औषधी सेवन गराउन पकडीमा योजना गोष्ठी



थानेश्वर अधिकारी ।
मायादेवी गाउँपालिका, पकडी कपिलवस्तुको आयोजनामा आज हात्तिपाइले रोग बिरुद्धको आम औषधी सेवन कार्यक्रम सम्बन्धि स्थानिय तह स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
यही फाल्गुन १५ गतेदेखी १७ गते सम्म जिल्लाव्यापी रुपमा संचालन हुन लागेको सो कार्यक्रम अन्र्तगत १५ गते सबै स्वास्थ्य संस्थाहरुको आयोजनामा सबै बुधमा गएर स्वास्थ्यकर्मीबाट औषधी सेवन गराउने र १६ र १७ गते घरभेट मार्फत घरमै गएर स्वास्थ्कर्मीको प्रत्यक्ष निगरानीमा हात्तिपाइले रोग बिरुद्धको औषधी सेवन गराउने कार्यक्रम रहेको मायादेवी स्वास्थ्य शाखा संयोजक महेन्द्र यादवले जानकारी दिनुभएको छ ।
सो का लागी भोली सम्म सबै स्वास्थ्य केन्द्रहरुमा औषधी पुगिसक्ने छ । २ बर्ष उमेरदेखी देखी बृद्धबुद्धासम्मले यो अनिवार्य औषधी सेवन गर्नु पर्ने तथा दिर्घरोगी , सिकिस्त बिरामी क्यान्सर, मुटुरोगी, मृगौला, कलेजो , क्षारे, कडा खालको कुपोषण भएका ५ बर्ष मु्नीका बच्चा, गर्भवती र ७ दिनभित्रका सुत्केरी आमाहरुले यो औषधी सेवन गर्न नहुने सह–संयोजक जोगेन्दर जैसवालले जानकारी दिनुभएको छ ।
आज पकडमिा भएको स्वास्थ्य चौकीका इन्चार्ज र अन्य सरोकारवालाको गोष्ठीबाट सो अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न कार्ययोजना समेत निर्माण गरिएको छ ।
हात्तिपाइले रोगको औषधी उपचारमा प्रयोग हुने अल्वेन्डा झोल नामक चक्की औषधीको सेवनले हात्तिपाइले रोगका परजिवीलाई नष्ट गर्नुको साथै पेट र आन्द्रामा हुने बिभिन्न थरिका जुकाहरु आदिको समेत उपचार हुने भएकाले यो औषधी अनिवार्य रुपमा प्रयोग गर्नु पर्ने देखिन्छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५ आइतबार ००:००  १ : ३३ बजे