काठमाडौं ।
बबरमहलको टेलिकम भवनको टावरमा काम गर्ने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।
आइतबार भवनमा टावर जडानको तालिम लिने क्रममा ३३ वर्षीय वसन्तलाल राठौरको लडेर मृत्यु भएको हो । टावरमा काम गर्दैगर्दा चिप्लिएर खसेको प्रत्यक्षदर्शीको भनाइ छ ।
काठमाडौं प्रहरी प्रमुख बसन्त लामाले भारतीय नागरिक राठौरको मृत्यु भएको घटनाको छानबिन भइरहेको बताए । मृतक राठौर टेलिकमको आउट सोर्सिङ कम्पनीका कर्मचारी हुन् ।
प्रतिक्रिया