१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

पशुपति भन्छन् “सरकारबाट कुनै दबाब आएको छैन”



काठमाण्डौ ।
लोकप्रिय गायक पुशपति शर्मा यतिबेला थप चर्चामा आएका छन्। लुट्न सके लुट कान्छा गीत निकालेर रातारात चर्चामा आएका पशुपतिको उक्त गीत सरकार नै हल्लाउने किसिमको रहेको थियो । हुन पनि हो सरकार हल्लियो पनि उनले उक्त अपलोड गरेको २ दिनमै हटाए । उने युट्युवबाट हटाएपछि उक्त गीत झनै सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ । राष्ट्रपति , प्रधानमन्त्रीदेखि लिएर कार्यकर्ता , डाक्टर लगायतलाई उनले गीतमार्फत कडा व्यग्य हानेका थिए । कतिसम्म भने उनको गीतकै कारण हिजो बालुवाटारमा खुबै तनाब पनि भयो । नेता तथा तत्कालिन एमालेका कार्यकर्ताहरुले प्रधानमन्त्रीलाई पशुपतिको गीतमाथि प्रतिबन्ध लगाउनु पर्ने दबाबसमेत दिएको समाचार बाहिरिएको थियो ।यता यस्तो समाचार आउनु र पशुपतिले गीत हटाउनुले सामाजिक सञ्जालमा थप चर्चा भईरहेको छ । अधिकांशले पशुपतिलाई धम्की दिएर दबाबमा गीत हटाउन लगाएको भन्ने समेत दाबी गरिएको छ । यता पशुपति भने आफुलाई सरकारबाट कुनै पनि दबाब नआएको बताउँछन् । उनले गीतका केही शब्दहरुमा असन्तुष्टी आएपछि गीतमा परिमार्जित गरेर नयाँ लिएर आउन गीत हटाएको बताएका छन् । उनले भने “सरकारबाट कुनै दवाव आएको छैन तर सरकारसँग नजिक रहेका संगठनहरुको सार्वजनिक अभिव्यक्ति र र केही शुभचिन्तकहरुको आग्रहलाई मध्येनजर गर्दै गीत डाउन गरेको हुँ ।”पशुपति अहिले उक्त गीतलाई परिमार्जन गर्नमा व्यस्त छन् । उनले आफ्नो सबै सम्पर्क बन्द गरेर गीत रेकर्ड गर्नमा लागेका हुन् । शर्माले अबको केही दिनमा नयाँ परिमार्जनसहितको गीत बजारमा ल्याउने भएका हुन् । यता उनको गीत य्ट्युवबाट हटाईए पछि त झनै पशुपतिको गीत पहिलेको तुलनामा झनै भाईरल बनिरहेको छ । उनले गीतमा बर्तमान राजनिती र देखिएको बिकृतीका बारेमा कडा व्यग्य प्रहार गर्दा उनी आलोचनामा आए ।पशुपतिमाथि सरकारबाट नभई सरकार समर्थक दलका युवा संगठनहरुबाट दबाब आएको भन्ने अनुमान गरिएको छ । किनकी उनीहरुले पशुपतिलाई बहिष्कार गर्ने नै धम्की दिएका छन् । उनलाई कुनै पनि कार्यक्रममा सहभागी नगराउनसमेत आह्वान गरेका छन् । तीनै दबाबका कारण पशुपतिले गीत हटाएका हुन भन्ने टिप्पणीहरु यतिबेला भईरहेका छन् भने गीत नेपाली राजनैतिक परिवेशसंग मिल्दो रहेको भन्दै गीत हटाउन नहुने भन्दै अधिकांशले सामाजिक सञ्जाल तताईरहेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५ आइतबार ००:००  ७ : ३० बजे