गुल्मी ।
२५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा ७० जना कैदी बन्दीहरु बस्न बाध्य रहेको जिल्ला कारागार कार्यलय गुल्मीले जनाएको छ । २५ जनाको क्षमता रहेको ङ बर्गको कारागारमा अहिले ७० जना कैदीबन्दीहरु राख्न बाध्य भएको कारागार प्रमुख उद्धब पन्थीले जानकारी दिनुभयो ।
पन्थीका अनुसार पुरुष ६३ जना, महिला ५ जना र आश्रीत नाबालक २ जना गरि जम्मा ७० जना कारागारमा कैदी बन्दीहरु रहेको बताउनुभयो ।
कैदीबन्दीहरुलाई ठाउँ साँघुरो हुँदा प्रयाप्त खेलमैदान नहुनु, आर्थिक पार्जनका लागि उद्योगहरु खोल्नका लागि पनि समस्या भएको र मुख्य गरी जिल्ला कारागार गुल्मीमा खानेपानीको समस्या रहेको बताउदै भबन पनि जिर्ण रहेकाले समस्याहरु अझ थपिदै गएको पन्थीले बताउनुभयो । हाल सम्म त दुख सुख चलाउदै आएका छौ अझ कैदीबन्दीहरु थपिए भने समस्या अझै बिकराल बन्दै जाने पन्थीको दाबी छ ।
प्रतिक्रिया