१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

साहारा सामुदायिक वनको साधारणसभा सम्पन्न



बाबुराम रायमाझी, गोरुसिङ्गे ।

कपिलवस्तुको बाणगंगा नगरपालिका ९ मा रहेको साहारा सामुदायिक वन उपभोक्ता समूहको  १७औं साधारण सभा आज सम्पन्न भएको छ । साविब भलवाड २ मा रहेको आफ्नै भवनमा कार्यक्रम सम्पन्न भएको हो ।

सभामा समूहका सचिव रेखा खत्रीले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो भने कोषाध्यक्ष नेत्र प्रसाद खनालले आर्थिक वर्ष २०७४÷०७५ को कुल १० लाख ८६ हजार बराबरको आय–व्यय सार्वजनकीकरण गर्नु भएको थियो । यसैबीच  सामुदायिक वनले ७० औ वसन्त पार गरेका जेष्ठ नागरीकलाई रामा्रे स्याहार सुसार गर्ने ४ जना असल बुहारीलाई दोसल्ला ओढाई सम्मानित गरेको छ ।

यस्तै विपन्न परीवारका ५ जना विधार्थीलाई शैक्षिक पाठ्य सामाग्री प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वडा न.९ का वडाध्यक्ष धुर्व वेल्वासे, विशिष्ट अतिथि इलाका वन कार्यालय गोरुसिंगेका सहायक वन अधिकृत विरेन्द्र यादव, समाजसेवी हरिराज घिमिरे, स्वास्थ्य चौकी भलवाडका प्रमुख जित बिकास रायमाझी, सामुदायिक वन महासंघ बाणगंगा नगर सदस्य दुर्गा प्रसाद पौडेल लगायतले बोल्दै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यकममा वनको आगामी वर्ष ०७५÷०७६ भावी कार्ययोजनाको बारेमा  समूहका अध्यक्ष कमल वेल्वासेले जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  १ : ५२ बजे