मायादेवी अनलाइन, कपिलवस्तु ।
तौलिहवा– लुम्बिनी सडकखण्ड अन्तरर्गत मायादेबी गाउँपालिका–१ बर्रोहियामा भारतबाट अबैध रुपमा भित्राइएको ८ सय २० केजी सुर्ती सहीत दुई जनालाई पक्राउ गरिएको छ । प्रदेश नम्बर ५ दाङबाट खटिएको बिशेष टोलीले लु १ च ५२२६ नम्बरको बलेरो जीतपुरमा राखिएको अवस्थामा सो सुर्ती सहीत २ जनालाई नियन्त्रणमा लिईएको जनाएको छ ।
प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीका अनुसार बरामद सुर्ती पकडी बजार देखि बलेरो गाडीमा लोड गरी तौलिहवा तर्फ जादै थियो । बरामद सुर्तिको अन्दाजी मुल्य दुई लाख नौ सय रहेको छ । सो गाडीका चालक रुपन्देही गैडहवा गाउँपालिका– २ का सफिकुल रहमान, कपिलवस्तुका मायादेबी गाउँपालिका– ६ का बिनोद हरिजनलाई समेत नियन्त्रणमा लिईएको छ ।
सुर्ती सहीत गाडी र पक्राउ परेको अभियुक्तलाई इलाका प्रहरी कार्यालय पकडीमा बुझाईएको प्रहरी निरीक्षक बोधराज रेग्मीले बताउनुभयो । यस्तै गत फागनु २ गते कृष्णनगर नगरपालिका– ५ बगही खोलामा ५ बोरा अबैध सुर्ती बरामद गरिएको थियो ।
कपिलवस्तु प्रहरीको बिशेष टोलीले भारतबाट अबैधरुपमा भित्राईएका अन्दाजी एब लाख मुल्यका सुर्ती बरामद गरेको थियो । सुर्ती बोकेर ल्याउने मानिस भने फरार भएको प्रहरी नायब उपरिक्षक रबि रावलले बताउनुभयो । खुला सीमाको फाईदा उठाउदै तस्करहरुले भारतबाट सुर्ती नेपाल भित्राउने गरेको छन ।
४ फाल्गुन २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया