१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बुटवलमा तिलोत्तमा गोल्ड कप सुरु, झापाले एपिएफलाई पाखा लगायो



बुटवल ।

बुटवलमा शनिबारदेखि २१ औ संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । देविनगरस्थित एन्फा एकेडेमी सेन्टरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा झापा– ११ विजयी सुरुवात गरेको छ । शशक्त प्रतिद्धन्दी सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–० ले स्तब्ध पार्दै झापाले विजयी सुरुवात गरेको हो । झापाको जितमा क्याप्टेन कर्ण लिम्बुले ११औं  र बुद्धबल तामाङ्गले ५० औँ मिनेटमा एकएक गोल गरे । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उदघाटन गर्नुभएको प्रतियोगितामा भोली खेलमा लाली रुपन्देही ११ र सुनसरी ११ भीँड्ने आयोजकले बताएका छन् ।  प्रतियोगिताकोे विजेताले यसपटक ८ लाख ८८ हजार रुपैया नगद कप र मेडल पाउने छ भने  उपविजेताले ५ लाख ५० हजार रुपैया पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल उपहार पाउनेछन् भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षक तथा रेफ्रले २५ र २५ हजार नगद पाउने छन् । नेपालका एडिभिजन क्लव सहित भारत र क्यामरुनको क्लव गरी १० टिमले सहभागिता जनाएका छन् । झापा, एपीएफ, नेपाल पुलिस, दुई विभागिय टिमसहित झापा ११, सुनसरी ११, रुपन्देही ११, च्यासल ११, संकटा, मनाङ्ग मस्यार्दी, ब्रदर्श युनाईटेड क्लब भारत, डफिन(क्यामरुन)ले अब केही हप्ता प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  १ : २४ बजे