१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

सारेगमपमा नेपालका आयुषको आजको प्रस्तुती कस्तो रहला ?



काठमाडौँ ।
भारतीय रियालिटी शो, ‘सारेगमप लिटल च्याम्प्स’ मा नेपालका आयुष केसीको प्रस्तुती हुँदैछ। हरेक शनिबार र आइतबार सबा ९ बजे प्रशारण हुने बाल गायन प्रतियोगीतामा आयुष नेपालबाट प्रतियोगी भएर गएका छन्।

हाल भक्तपुर बस्ने आयुष केसी स्थायी घर सिन्धुपाल्चोक हो। उनी अहिले १२ वर्षका भए। आयुष यो भन्दा अगाडि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘सुरशाला जुनियर आइडल’ का विजेता हुन्। सानैबाट संगीतमा रुची राख्ने आयुष तीन वर्षको उमेरदेखि गीत गाउँन थालेका थिए। उनले संगीत सिक्न थालेको ५ वर्ष भयो।
प्रतियोगीतामा जानु अगाडि उनी झम्सिखेलको सुरशाला म्यूजिक एकेडेमीमा संगीत सिक्दै थिए। संगीतकार तथा गायक अमृत क्षेत्रीले उनलाई संगीत सिकाइरहेका छन्। आयुष अहिले भक्तपुर, दधिकोटको मोर्डन स्कूलमा कक्षा ७ मा अध्ययनरत छन्। उनले बाल गीत रेकर्ड गराईसकेका छन्।

जीटिभीले सार्वजनिक गरेको प्रोमामा उनको स्वर सुनेर निर्णयकहरु खुशी भएको देखाइएको छ।
यो प्रस्तुतिमा सेलेक्ट भएपछि उनी उत्कृष्ट १५ मा पुग्नेछन्। सारेगमपको यो सिजनमा गायक शान, ऋचा शर्मा अनि संंगीतकर्मी अमाल मलिक निर्णायक छन्।
शुक्रबार प्रदर्शनमा आएको गलिब्वाईको गीतमा पनि बालकलाकारहरुलाई प्रस्तुत गरिएको छ।
यहि कार्यक्रममा नेपालका अर्का बालक इटहरीको प्रितम आचार्य पनि सहभागी छन्।

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  ९ : ४४ बजे