काठमाण्डौ ।
थाइल्याण्डमा हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न नेपाली टोली थाइल्याण्ड प्रस्थान गरेको छ ।
रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टिमलाई राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव केशवकुमार विष्टले बिदाई गरेका छन् ।
बिदाई समारोहमा सदस्य सचिव विष्टले नेपाली महिला क्रिकेट टिमलाई पनि तलब भत्ताका लागि आईसीसीसँग पहल गर्ने प्रतिवद्धता जनाए । सदस्य सचिव बिष्टले इच्छाशक्ति र मनोबल उच्च भएमा कुनै पनि ठूलो देशलाई पराजित गर्न सकिने भन्दै खेलाडीलाई राम्रो प्रदर्शन गर्न आग्रह गरे ।
महिला क्रिकेटका मुख्य प्रशिक्षक विनोद दासले प्रशिक्षण राम्रो भएकाले नतिजा पनि राम्रो निस्कने विश्वास व्यक्त गरे ।
कप्तान क्षेत्रीले यसअघि भएको टी–२० महिला स्म्याशमा थाइल्याण्डसँग पराजित हुँदै उप(विजेता भएकाले यस पटक उसलाई पराजित गर्ने लक्ष्य रहेको बताइन् ।
४ फाल्गुन २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया