अबुजा ।
नाइजेरियामा राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा भएको आक्रमणमा ६६ जनाको मृत्यु भएको छ । अज्ञात बन्दुकधारीले चलाएको अन्धाधुन्द गोली प्रहारबाट उत्तरी राज्य कादुनको काजुरुमा ६६ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये २२ जना बालबालिका र १२ जना महिला रहेको राज्य सरकारका प्रवक्ता साम्युअल अरुवानले जानकारी दिए । आक्रमण गर्नुको कारण बारे अहिलेसम्म कसैले जिम्मेवारी दिएको छैन ।
घटनास्थलमा सुरक्षाकर्मीहरुको टोली पठाएर सुरक्षा सतर्कता बढाउनुका साथै घटनाका बारेमा अनुसन्धान गर्ने कार्य भइरहेको सरकारी अधिकारीहरुको भनाई छ । उनीहरुले घटनाका दोषीहरुको खोजी गर्ने क्रममा केही आशंङ्कीत व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको पनि बताएका छन् ।
स्थानीय सामुदायीक, परम्परागत र धार्मिक अगुवाहरुले थप हिंसा भड्कीन नदिनका लागि प्रयास गरिरहेको पनि प्रवक्ता अरुवानले बताए । उनीहरुले सुरक्षाकर्मीहरु र सरकारी अधिकारीहरुलाई सहयोग गर्न आह्वान पनि गरेको समाचारमा जनाइएको छ । निर्वाचनको दिन नजिकिदै गर्दा नाइजेरियामा चुनावी कार्यक्रमहरु बढ्दै गइरहेका छन् भने हिंसात्मक घटनाहरु पनि भएका छन् ।
नाइजेरियामा शनिबारका लागि तय गरिएको राष्ट्रपतीय निर्वाचन एक हप्ता पछाडी सारिएको छ । निर्वाचन हुने दिनको केही घण्टा अगाडी सूचना जारी गर्दै निर्वाचन पछाडी सारेर फेबु्रअरी २३ गते तय भएको अधिकारीहरुले जनाएका छन् ।
४ फाल्गुन २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया