एजेन्सी ।
बंगलादेशविरुद्धको तीन वटा एक दिवसीय क्रिकेटको सिरिज न्यूजिल्याण्डले एक खेल अगावै जितेको छ ।
आज भएको दोस्रो एक दिवसीय क्रिकेटमा ८ विकेटको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।
बंगलादेशले दिएको २२७ रनको लक्ष्य न्यूजिल्याण्डले ३६।१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।
न्यूजिल्याण्डको जितमा मार्टिन गुप्तिलले उत्कृष्ट शतकीय पारी खेलेका थिए । ८८ बल खेलेका गुप्तिलले १४ चौका र ४ छक्काको मद्दतले ११८ रन बनाए ।
यसैगरी केन विलियम्सन र रोस टेलर क्रमश ६५ र २१ रनमा नटआउट रहे । टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेश ४९।४ ओभरमा अल आउट हुँदै २२६रनमा समेटिएको थियो ।
बंगलादेशका मोहमद मिथुनले ५७ रन जोड्दा सब्बिर रहेमानले ४३ रनको योगदान गरे । न्यूजिल्याण्डका लोकी फर्गुसनले ३ तथा टड एस्ले र जेम्स निसमले दुई(दुई विकेट लिए ।
४ फाल्गुन २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया