एजेन्सी ।
अभिनेत्री कंगना रनौतले चलचित्र ‘मणिकर्णिका–द क्वीन अफ झाँसी’ सफलतामा आयोजना गरेको पार्टी रद्द गरेकी छन् । भारत प्रशासित जम्मू–कश्मीरको पलुवामा जिल्लामा भएको आतंकवादी आक्रमणमा सिआरपिएफका ४६ जवानको निधन भएको र देश शोकमा रहेको भन्दै कंगनाले निर्देशकका रुपमा आफ्नो डेब्यु चलचित्र मणिकर्णिकाको सक्सेस पार्टी रद्द गरेकी हुन् ।
मणिकर्णिकाको सक्सेस पार्टी यहि सप्तान्तका तय गरिएको थियो । देशको रक्षामा शहीद भएका जवान र उनीहरुका परिवारको साथमा आफूहरु रहेकाले पार्टी रद्द गरिएको उनले बताएकी छन् ।
४ फाल्गुन २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया