१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बजाज अटो रेक्साको मूल्य घट्यो, खरिदकर्ताहरुलाई काइदा



मायादेवी अनलाइन, कपिलवस्तु । 

बजाज मोटरसाइकल तथा बजाज अटो रिक्साको लागि कपिलवस्तुको आधिकारिक विक्रेता केदारनाथ ग्रुपले हिजो बाणगंगा ४ जितपुरमा अटो रिक्सा व्यावसायीसंग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बजाज रे कम्पनीको अटो रिक्सा खरिदकर्ताहरुसंग पछिल्लो अपडेट दिने र अटो रिक्साबारे भएका सुझाव सल्लाह संकलन गर्ने उद्धेश्यले कस्टमर मिट कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा जिल्ला भित्र तथा बाहिरका रिक्सा खरिदकर्ताहरुसंग उनीहरुका समस्या, समाधानका उपाय र कम्पनीका आगामी योजनाका बारेमा छलफल भएको थियो ।  कार्यक्रममा अटो रिक्सा व्यावसायबाट आत्मनिर्भर भएका करिब १ सय ६२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा रिक्सा व्यावसायीले भोगेका समस्या र आफूले पाएका लाभका बारेमा जानकारी गराएका थिए भने केदारनाथ ग्रुपका सञ्चालक टेकनाथ पाठक, विष्णु पाठक, विनोद पाठक, दिपक घिमिरे लगायतले रिक्साको बारेमा जानकारी दिदै आगामी योजनाको बारेमा बताएका थिए ।

कम्पनीका तर्फबाट विनोद पाठकले पहिलेको मूल्यभन्दा कम मूल्यमा रिक्सा आएको बताउनुभयो । पाठकले मुलुकमा अझै पनि धेरै जनताहरु आर्थिक रुपमा कमजोर रहेको भन्दै उनीहरुलाई स्वरोजगार बनाउन कम्पनीले मूल्य घटाएर पठाएको बताउनुभयो । पाठकले रिक्साको मूल्यसंगै पार्टपुर्जाहरु पनि सुपथ मुल्यमा उपलब्ध गराईने बताउनुभयो ।उहाँले सस्तो पाइने नाममा नक्कली पार्टपुर्जाहरु खरिद नगर्न रेक्साधनीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघका कपिलवस्तुका सचिव हरि अधिकारीले बजाज कम्पनीले उत्पादन गरेका अटो रिक्सा व्यावसायीले मुलुकलाई सवृद्ध बनाउने अभियानमा सहयोग पुर्याएको बताउनुभयो । कम्पनीले जितपुरबाट अहिलेसम्म साढे ३ सय बढी अटो रिक्साहरु विक्रीवितरण गरिसकेको छ । यस्तै कम्पनीले पहिलो अटो रिक्सा खरिदकर्तालाई सम्मान गरेको छ । ग्रुपका सञ्चालक टेकनाथ पाठकको अध्यक्षतामा कार्यक्रममा कम्पनीका बिभिन्न प्रतिनिधि रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त नयौपाने, रेडियो मायादेवीका निर्देशक तथा अन्नपूर्णकर्मी दिपक अनुरागी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  ४ : ४० बजे