संगीता भुसाल, तौलिहवा ।
नेपाल सरकार स्वास्थ्य विमा बोर्ड टेकु काठमाडौंको आयोजनामा सञ्चालन गरिएको दर्ता सहयोगीको लागि २ दिने पूर्नताजगी तालिम तौलिहवामा सम्पन्न भएको छ । जिल्लाका ९६ वडा मध्य ७८ दर्ता सहयोगीहरुको उपस्थिति रहेको थियो ।
उक्त समापन कार्यक्रमको अध्यक्ष स्वास्थ्य विमा बोर्ड प्रदेश नंं ५ का संयोजक मनोज पौडेलले “तपाईंको स्वास्थ हाम्रो अठोट” भन्ने नारा का साथ सुतेका छौ भने बिउँझ, बिउँझेको भए हिड्ने हिडेको भए उड भन्ने सिद्धान्त लागू गरेर विमा गराउने व्यक्तिले विमाको बारेमा बुझेर मात्र सबैलाई बुझाउने र आफु उर्जावान भएर गरेमा असम्भव केही नभएको बताउनु भएको थियो ।
जिल्ला भरीमा ३९ वटा जिल्लामा लागु भएको ११ वटा जिल्लामा लागु हुने प्रक्रिया रहेको र नेपालमा सन् २०२० सम्म ५०५ नागरिकलाई लागु हुने यसै गरी नेपालमा सन् २०३० सम्म सम्पूर्णलाई सतप्रतिशत पुर्याउने लक्ष्य रहेको पनि बताउनु भएको थियो । निशुल्क औषधि सहित १११८ प्रकारका औषधी बिमाले दिने व्यवस्था गरिएको छ ।
विशिष्ट अतिथि रहनु भएका स्वास्थ्य विमा बोर्डका केन्द्रिय प्रतिनिधि हिमलाल ज्ञावलीले जिल्लातहमा देखिएका समस्याहरुलाई केन्द्र तहमा प्रस्तुत गर्ने प्रतिबद्धता जाहेर गर्दै स्वास्थ्य विमा कपिलवस्तु जन्मिएको छ । सुरुवातमा विभिन्न समस्याहरु देखा पर्न सक्छन, त्यसको सहजीकरण गरी अगाडी बढ्नु पर्ने र पत्रकारहरुले यसलाई कलमको माध्यमबाट सहयोग गर्न आग्रह गर्नु भएको छ ।
यसै गरी जिल्ला स्वास्थ्य कार्यलयका मेडिकल सुपरीटेन्डेण्ट डा. किशोर बन्जाडेले कार्यक्रममा बोल्दै दर्ता सहयोगीहरुलाई विमा गराउनुहोस, अस्पतालमा पठाउनुहोस अस्पतालले सेवा दिईन्छ, विमा भित्र नभएका सेवा दिन नसकिने र विगत जेठ बाट लागू हुने भएता पनि २ दुई महिना देखि पूर्णरुपमा जिल्ला स्वास्थ्य कार्यलयमा विमा सुचारु भएको जानकारी गराउदै आफुले पनि नियमित औषधि खाने बिरामी लाई स्वास्थ्य बिमा गर्न आग्रह गरेको बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यलयमा पाठेघर खसेको र हर्नियाको शल्यक्रिया पनि निशुल्क रहेको बताउनुभयो । अर्घाखाँची जिल्लाका बिमा संयोजक खगराज पोख्रेलले बिमाको नवीकरण गर्ने विषयमा जानकारी गराउदै नेपालको एनमा २०७४ कात्तिक १ गते राष्ट्रिपतिद्वारा प्रमाणित भएको बताउनुभयो ।
कपिलवस्तु जिल्लामा मंसिर सम्मको डाटा हेर्दा ४१६६ घर धुरी र २३७१२ ब्यक्ती बिमित रहेका छन । जिल्लाका स्थानीयतह मध्ये बाणगंगा नगरपालिका उच्च रहेको जहा १२४८ घर धुरी र ५९२३ ब्याक्ती बिमित रहेको जिल्ला दर्ता अधिकृत सुन्दर चौधरीले बताए ।
३ फाल्गुन २०७५ शुक्रबार ००:००
4
Shares
प्रतिक्रिया