११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

प्रथम नगर स्तरीय राष्ट्रपति कप प्रतियोगीता सुरु



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको तौलिहवामा प्रथम नगर स्तरीय राष्ट्रपति कप रनिङ शील्ड प्रतियोगीता सुरु भएको छ । नगरपालिकाको आयोजनामा गरिएको खेलको कांग्रेस नेता सुधाकर पाण्डेयले रिबन काटेर उद्घाटन गर्दै खेलकुदको विकासका लागि यसले मद्दत मिल्ने बताए । उनले खेलकुदका लागि नगरपालिकाले बजेट बिनियोजन गर्नुपर्ने बताए ।
पहिलो दिन छात्र र छात्राहरुको भलिबल प्रतियोगीता भएको छ । छात्र भलिबल तर्फ एचडी मेमेरियल स्कुलाई २ का बिरुद्ध १ को सेटले हराउँदै यशोधरा माबि फाइनलमा प्रबेश गरेका छ । यस्तै शनिवार बुद्धपद्म माबि र तालेश्वरनाथ संस्कृत माबि बीच सेमिफाईनल खेल हुने छ ।
छात्र तर्फको भलिबलमा बुद्धज्योति माबिले शुन्यका बिरुद्ध २ सेटले खेल जित्यो । यस्तै बुद्धपदम माबिले भगवानदास माबिलाई १ का बिरुद्ध २ सेटले खेल आफनो पक्षमा पार्यो । यस्तै छात्र तर्फ कपर्दीमा शुक्रवार ७ वटा खेल संपन्न भएका छन ।
जसमा कनकमुनीले बुद्धज्योतिलाई, तालेश्वनाथले बुद्धपदमलाई, यशोधराले वेस्टप्वाईन्टदलाई हराए । यस्तै दाश्रो राउन्डमा कनकमुनीले भगवानदासलाई, तौलेश्वरले बिकुली माबिलाई र रत्नराज्यले यशोधरालाई हराउँदै सेमीफाईनलमा प्रबेश गरेका छन ।
तीन दिन सम्म चल्ने प्रतियोगीतमा प्रतियोगीतामा नगरक्षेत्रका सामुदायिक र संस्थागत गरी २१ बिद्यालयको सहभागी छन । खेलमा एथलेटिक्स, भलिवल, कबड्डी, कराते, ताईकान्डो, उसु लागतयका खेल समाबेश गरिएका छन । प्रथम हुनेलाई शीलड सहीत नगद १० हजार, द्धितीयलाई ८ हजार तृतीयलाई ५ हजार पुरस्कार दिईने नगरपालिकाका सामाजिक विकास संयोजक प्रकाश गैरेले बताए ।

मेयर किरण सिंहका अध्यक्षता र सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा भएको उदघाटन सत्रमा उपमेयर लक्ष्मी कसौधन, प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्य, समाजसेबी राजु आर्याल, वडाअध्यक्षहरु रामभजन कलवार, रामदिनेश यादव, लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५ शुक्रबार ००:००  ३ : १६ बजे