बुटवल ।
फागुन प्रदेश नं. ५ कोे प्रथम स्थापना दिवस र बुटवल उप–महानगरपालिकाको ६० औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । स्थापना दिवसको कार्यक्रम बुटवल उपमहानगरपालिका र प्रदेश सरकारले संयुक्त मूल समारोह समिति गठन गरेर कार्यक्रम गरेका थिए ।मूल समारोहको अध्यक्षता प्रदेश नं. ५ का माननीय मुख्यमन्त्री शंकर पोखरेलले गर्नुभएको थियो ।
बिशेष समारोहलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्रि शंकर पोखरेलले प्रदेश सरकार गठन भएको एक वर्षमा प्रदेशका बिकासका आधारहरु तयार भएको र आगामी बर्षदेखि रोलमोडलका रुपमा बिकास गर्ने बताउनु भयो । उहाले आगामी बैशाख सम्ममा प्रदेशको आवधिक योजना तयार गरी आउदो आर्थिक वर्षको बजेट त्यही योजनामा आधारति बनाई जनताले प्रत्याुभुति गर्ने गरी रोलमोडलको बिकास गर्ने बताउनु भयो ।
मुख्यमन्त्रि पोखरेलले प्रदेश ५ लाई नेपालको मिनी नमुना प्रदेश बनाउन सकिने उल्लेख गर्दै कृषिको आधुनिकीकरण र व्यवसायीकरण, उद्योगको बिकास र पर्यटन प्रवद्र्धनबाट प्रदेशलाई समृद्ध बनाउने बताउनु भयो ।
उहाले संघिय सरकारले पनि एक वर्षमा बिकासका आधारहरु तयार गरीस्केको बताउदै अव संघ, प्रदेश र स्थानीय तहका सरकारले जनताले प्रत्यभुत गर्ने गरी बिकास गर्ने बताउनु भयो ।
सोही अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले बुटवललाई प्रदेशको स्थायी राजधानी तोक्न ढिला नगरी योजनाबद्ध बिकासमा सबै लाग्नुपर्ने बताउनु भयो । उहाले बुटवल उपमहानगरपालिकाले एकिकृत गुरुयोजना बनाई सोही अनुसार नगरलाई स्वच्छ सफा र सुन्दर बृहत्त नगर बनाउने गरी काम गरीरहेको बताउनु भयो ।
कार्यक्रममा माननीय प्रदेश प्रमुख उमाकान्त झा, प्रदेश सभाका सभामुख, उपसभामुख, प्रदेश सरकारका माननीय मन्त्रीहरु, प्रदेश सभा विपक्षी दलका नेता, प्रदेश सभाका विभिन्न समितिका सभापतिहरु, प्रदेश सभाका माननीय सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुखहरु, उच्च अदालतका माननीय मुख्य न्यायधिश , प्रमुख सचिव, प्रदेश सभाका सचिव, प्रमुख जिल्ला अधिकारी, विभिन्न स्थानीय तहका प्रमुखहरु, उप्रमुखहरु, प्रदेश सरकारका सचिव, प्रदेश न्यायधिवक्ता, प्रदेश योजना आयोग उपाध्यक्षहरु, जङ्गी निजामती लगायतका राष्ट्रसेवक कर्मचारीहरु, संचारकर्मी मित्रहरु, नागरिक समाजका अगुवाहरु, विभिन्न संघसंस्थाका प्रमुखहरुको सहभागितामा भव्य समारोहका बीचमा कार्यक्रम भएको हो ।
प्रदेश सरकार गठन भई विधिवत रुपमा कार्यप्रारम्भ गरेको पहिलो स्थापना दिवस र बुटवल उप–महानगरपालिकाको ६० औं स्थापना दिवसका अवसरमा विहान बुटवल बहुमुखी क्याम्पस परिसरबाट विभिन्न झाँकीसहितको प्रभातफेरि भएको थियो । उक्त समारोह बुटवल मण्डपमा पुगेर विशेष सभामा परिणत भएको थियो ।
प्रदेश नम्वर ५ को स्थापना दिवशका अवसरमा आज बुटवलमा प्रभातफेरी सहित बिशेष समारोह आयोजना गरीएको छ । बुटवल बहुमुखी क्याम्पसबाट सुरु भएको प्रभातफेरी बुटवलका बिभिन्न भागको परिक्रमा पश्चात बुटवलमण्डपमा आई बिशेष समारोहमा परिणत भएको थियो ।
प्रभातफेरीमा प्रदेश नम्वर ५ का बिभिन्न कला सस्कृति र समुदायका रिति रिवाज सहित झाकीको प्रर्दशन गरीएको थियो । बिशेष समारोहमा प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सरकारले एक बषृमा गरेका कामको बिवरण सहितको स्मारिकाका बिमोचन गर्नु भएको थियो ।
तस्बीरः शेर बहादुर केसीको फेसबुकबाट
३ फाल्गुन २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया