कञ्चनपुर ।
प्रहरीले कञ्चनपुरबाट पुनः साढे पाँच किलो सुन बरामद गरेको छ । शुक्लाफाँटा नगरपालिका ११ अमरपुरका लक्ष्मण तिरुवाको घरबाट साढे पाँच किलो सुन बरामद भएको हो । केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध अनुसन्धान महाशाखाका सुदीप गिरी र जिल्ला प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाको टोलीले बाख्रा बाँध्ने खोरको जमिनमा दुईवटा पोका पारेर लुकाइराखेको अवस्थामा पाँच केजी ६६२ ग्राम सुन फेला पारेको प्रहरीले जनाएको छ ।
सुनसहित ३२ वर्षीय तिरुवालाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कठायतले जानकारी दिए । यसअघि प्रहरीले बिहीबार बिहान पुनर्वास नगरपालिका २ दशरथ बस्तीबाट १८ किलो बरामद गरेको थियो ।
३ फाल्गुन २०७५ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया