११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

म्यानमारलाई हराएर आज नेपालले इतिहास रच्न सक्ला ?



काठमाडौं ।

हिरो गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (शुक्रबार) नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुदैछ । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार सवाँ ६ बजे सुरु हुनेछ ।नेपालको राष्ट्रिय महिला फुटबल टिम पहिलो पटक उपाधि भित्राउने लक्ष्यमा रहेको छ ।

दक्षिण एसियाली फुटलबमा सधै उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समुह चरणमै पराजित गरेपछि नेपालले फाईनलमा म्यानमारलाई प्रतिद्वन्दीको रुपमा पाएको हो ।समुह चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको थियो । लिग चरणको सुरुवाती खेलमा ब्यहोरेको हारको बदला लिने अवसर समेत नेपाललाई प्राप्त छ ।

गत नोभेम्बरमा सन् २०२० मा जापानमा हुने ओलम्पिक छनोटका लागि भएको प्रतिस्पर्धामा नेपाल र म्यानमारले बराबरी खैल्दै अंक बाँडेका थिए ।विश्व वरियतामा नेपाल भन्दा निकै माथि रहेको म्यानमारलाई हराउँदै महिला फुटबलको ईतिहासमा उपाधि जित्ने अवसर महिला टोलीलाई छ । फिफा वरियतामा नेपाल १०८ स्थानमा रहँदा म्यानमार ४४ औँ स्थानमा रहेको छ ।

म्यानमार प्रतियोगिताको अपराजित टिम हो । उसले नेपाल सहित आयोजक भारत र इरानलाई पराजित गरेको थियो ।

पहिलो खेलमा म्यानमारसँग पराजित भएको नेपालले दोस्रो खेलमा आयोजक भारत र तेस्रो खेलमा इरानलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । भारत र ईरानविरुद्वको जितले उत्साहीत नेपाली टिम भारतीय भुमीमा ईतिहास रच्न आफु सक्षम रहेको बताएको छ ।

नेपालले सन् २०१०, २०१२, २०१४ को साफ महिला च्याम्पियनसिप फाइनलमा भारतसँग पराजित भएको थियो । यस्तै सन् २०१० र २०१६ मा साग गेम्समा पनि नेपालको तगारो समेत भारतनै बनेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५ शुक्रबार ००:००  १ : ०० बजे