काठमाण्डौ ।
आजबाट प्रेम दिवसका दिन नायिका बर्षा राउत र संजोग कोइराला बैवाहिक जीवनमा बाँधिएका छन् । ६ बर्ष भन्दा बढि समयदेखि प्रेम सम्बन्धमा रहेका बर्षा र संजोगको बिवाहका केही तस्बिरहरु सार्वजनिक भएका छन् । जसमा बर्षा दुलही बन्दा निकै राम्री देखिएकीछिन् भने संजोग पनि दौरा सुरुवालमा चिटिक्क देखिएका छन् । यो जोडी प्रेम गर्नेहरुका लागि पनि आइडल नै छन् । किनकी ग्लामर क्षेत्रमा रहेर पनि उनीहरुबीच कहिले पनि बिवाद र झगडा वा मनमुटावका केही खबरहरु पनि आएनन त्यसैले यो जोडीलाई रुचाउनेहरु धेरै थिए ।
उनीहरु प्रेमि प्रेमीकामात्र नभई बिजनेश पार्टनरसमेत थिए । हिजो केही नायिकाहरु र आफन्तहरुका साथमा बर्षाको घरमा हिजो मेहन्दीको कार्यक्रम पनि भएको थियो । फिल्मको अडिसनको क्रममा एक अर्कालाई भेटेका उनीहरुको त्यहीबाट नजिकको सम्बन्ध बनेको थियो ।बर्षा संजोगले कहिले पनि आफनो प्रेम सम्बन्धलाई लुकाएनन् नत कहिले उनीहरुबीच मनमुटाव भएको नै खबर आयो । म्युजिक भिडियो हुँदै नाई नभन्नू ल ४ बाट डेब्यु गरेकी बर्षा अहिले सिनेमा क्षेत्रकी चर्चित अनि व्यस्त नायिकामा पर्छिन् ।
संजोग फिल्ममा कम व्यवसायमा बढि ध्यान दिन्छन् । भर्खरै मात्र गोपी , दाल भात तरकारी , जात्रै जात्रामा काम गरेकीछिन् भने उनको फिल्म गोपी भर्खरै मात्र रिलिज भईरहेको छ भने चौका दाउ भने हलमा पत्तासाफ नै भयो । संजोगले अभिनय गरेको फिल्म कथा काठमाडौ केही समय अगाडी रिलिज भईसकेको छ । बर्षा र संजोगले ठुलो पर्दामा भने शिव श्रेष्ठको फिल्म एउटा यस्तो प्रेम कहानी जोडी भई काम गरेका छन् । जुन रिलिज हुने क्रममा रहेको छ । जे होस बैवाहिक जीवनमा बाधिँन लागेका बर्षा संजोगलाई बैवाहिक जीवनको धेरै(धेरै शुभकामना‘
प्रतिक्रिया