काठमाडौँ ।
देशका अधिकांश क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमका सबै क्षेत्रको मौसम बदली भएको मौसमविद गंगा नगरकोटीले बताइन् ।
दिनभरि नै मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको उनले बताइन् । यस्तै मध्य क्षेत्रका अधिकांश ठाउँको मौसम आंशिक बदली हुने मौसमविद नगरकोटीले जानकारी दिइन् ।
पूर्वको पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ । पश्चिम र मध्य क्षेत्रमा पानी पर्ने सम्भावना छ । दिउँसो काठमाडौँ उपत्यकासहितका ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद नगरकोटीले बताएकी छन् ।
देशका उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको र केही दिन मौसम यस्तै रहने सम्भावना छ ।
२ फाल्गुन २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया