११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

डिपिएल क्रिकेटः काठमाडौंको लगातार दोस्रो जित, धनगढीको लगातार तेस्रो हार



मायादेवी अनलाईन ।
धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको खेलमा काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स विजयी भएका छन् । पहिलो खेलमा काठमाण्र्डौले महेन्द्रनगर युनाइटेडलाई ७ रनले हराउँदै प्लेअफतर्फ पाइला बढाएको हो । यो जित संगै काठमाण्डौ गोल्डेन्सले डिपिएलमा दोस्रो सफलता हात पारेको छ । यता लगातार दोस्रो खेलमा पराजित महेन्द्रनगर भने दबाबमा परेको छ । उसका लागि प्लेअफ सम्भावना जीवित राख्न बाँकी ३ उत्कृष्ट खेल्नु पर्ने दबाब छ ।
यस्तै लगातार तेस्रो खेलमा हार ब्यहोरेपछि घरेलु टोली धनगढी स्टार्स रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणबाट बाहिरिने संघारमा पुगेको छ । अभिनाश यादवले अलराउण्ड उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंग्सले आज दिउँसो धनगढी स्टार्सलाई २१ रनले पराजित गर्दै तेस्रो हार चखायो ।
यसअघि धनगढी काठमाडौं गोल्डेन्स र सिवाइसी अत्तरियासँग पराजित भएको थियो। विराटनगरले दिएको १ सय ४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको धनगढी ६ बल बाँकी छँदै ८२ रनमा समेटियो । उसका सन्दीप रिजालीले ३४ र राजु रिजालले १५ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेन्।

प्रकाशित मिति : १ फाल्गुन २०७५ बुधबार ००:००  ११ : ११ बजे