११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

खेलाडीको संस्कारबाट राजनीतिक नेतृत्वले पाठ सिकौः मुख्यमन्त्री पोख्रेल



रुपन्देही ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रलले परिणामलाई सहजै स्वीकार गर्ने खेलाडीको संस्कारबाट राजनीतिक नेतृत्वले पाठ सिक्नुपर्ने बताउनुभएको उहाले यसले राजनीतिक संस्कृतिलाई व्यवस्थित गर्नेसमेत बताउनुभयो ।
पोखरेलले शहीदहरुको बलिदानीका कारण मुलुकको समृद्धि र विकासले गति लिएको बताउनुभयो । जनयुद्धको २४ औँ वार्षिकोत्सवको अवसर पारेर बुधबारदेखि बुटवलमा शुरु शहीद स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा उहाले शहीदको बलिदानीको परिणामस्वरूप नै मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको धारणा राख्नुभयो् । उहाले आजकै दिनमा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएको स्मरण गर्दै अबका दिनमा कसैले पनि रोजगारीको हकबाट वञ्चित हुनु नपर्नेसमेत बताउनुभयो । मुख्यमन्त्री पोखरेलले भन्नुभयोे, ’आजको दिन ऐतिहासिक दिन हो,यो दिन युवाका लागि कोशेढुङ्गा सावित हुनेछ ।’
कार्यक्रममा शहीद परिवारलाई सम्मान गरिएको थियो । शहीद स्मृति खेलकूद क्लबको आयोजना र मदन भण्डारी स्पोटर्स एकेडेमीको सहकार्यमा आयोजना गरिएको प्रतियोगितमा १० समूहको सहभागिता रहेको क्लबका अध्यक्ष योगेन्द्र गौतमले जानकारी दिनुभयो । प्रतियोगिताको उपाधि विजेताले नगद एक लाख एक हजार,मेडल,कप,प्रमाणपत्र तथा उपविजेतालाई नगद ५० हजार ५०० सहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७५ बुधबार ००:००  १० : ५६ बजे