मायादेवी अनलाइन, कपिलवस्तु ।
फाल्गुण १ गते (आज) हुने भनिएको कपिलवस्तु वन पैदावार उद्योग व्यावसायी संघ कपिलवस्तुको नयाँ कार्यसमिति चयन स्थगित भएको छ ।
सोमबार भएको संघको अधिवेशनले अध्यक्ष सहीतका केही पद सर्वसम्मत चयन गरेपनि उपाध्यक्ष, महासचिव लगायतका केही पदमा सहमती हुन सकेको छैन । सहमती हुन नसकेका पदमा आज निर्वाचन मार्फत टुङ्गाउने निर्वाचन समितीको निर्णय भएपनि निर्वाचन स्थगित भएको हो ।
अब अर्को सूचना जारी नहुञ्जेल सम्मको लागि आज हुने भनिएको निर्वाचन स्थगित भएको संघको निर्वाचन मण्डलले जनाएको छ ।
प्रतिक्रिया