११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

रुकुम पूर्वमा प्रशासनले निषेधाज्ञा हटायो, जनजीवन सामान्य बन्दै



दाङ ।
रुकुम पूर्वको सदरमुकाम रुकुम कोटमा प्रशासनले लगाएको निषेधज्ञा हटेपछि जनजीवन सामान्य बनेको छ । एक हप्ता अघि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।
जिल्ला सदरमुकाम सम्बन्धी विवाद बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले ठूलो क्षेत्र समेटेर सिस्ने गाउँपालिका–५ र ६ रुकुमकोटमा निषेधाज्ञा जारी गरेको थियो ।

सर्वोच्च अदालतमा चलिरहेको सदरमुकाम सम्बन्धी विवादको पेसी तोकिएको दिन नजिकिँदै गर्दा रुकुमकोट पक्षधर र गोलखाडा पक्षधरले आन्दोलनका कार्यक्रम बढाउँदै आएका थिए ।
जिल्लाको सदरमुकाम रुकुमकोट हुनुपर्ने माग रुकुमकोट पक्षधरको छ भने गोलखाडामा हुनुपर्ने माग गोलखाडा पक्षधरको छ । गोलखाडा पक्षधरले ६ हजारको उपस्थितिमा प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २९ माघ २०७५ मंगलबार ००:००  ८ : ४९ बजे