वीरगञ्ज ।
१३ वर्षदेखि फरार एकजना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोका टोल बस्ने सत्येन्द्र साह तेलीलाई पक्राउ गरेको हो ।तेलीलाई जिल्ला अदालत बाराले २०६३ असार १ गते अङ्गभङ्ग मुद्दामा २ वर्ष कैद सजाय तोकेकोमा हालसम्म उनी फरार रहँदै आएका थिए ।
तेलीलई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेश अनुसार कैद सजाय भुक्तान गर्नको लागि वीरगञ्ज कारागार कार्यालयमा पठाइएको जिल्ल प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया