काठमाडौँ ।
पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण पश्चिमका अधिकांश क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उत्तर–पश्चिमी भारत हुँदै नेपालको पश्चिमी क्षेत्रबाट मौसमी प्रणाली आएकाले पश्चिमका तराई तथा पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको मौसमविद सुवास रिमालले बताए । पश्चिम पहाडका केही ठाउँमा दिउँसो छिटफुट पानी पर्ने सम्भावना पनि छ ।
काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको र दिनभरि घाम लाग्ने र बदली हुने क्रम जारी रहने मौसमविद रिमालले बताए ।
मध्य क्षेत्रका पहाडी इलाकामा बदली भए पनि पानी पर्ने सम्भावना निकै कम देखिएको उनले बताए । तराईका क्षेत्रको मौसम भने सफा रहने छ ।
यस्तै पूर्वमा पनि पहाडी क्षेत्रमा आंशिक बदली हुने र तराई क्षेत्रमा मौसम सफा रहने जनाइएको छ ।
प्रतिक्रिया