दीपा महत, वाणगंगा ।
पहिले पहिले छोराछोरीलाई डक्टर, इन्जिनियर वा पाइलट वनाउनुलाई अभिभावकले गर्व महशुस गर्थे । त्यसकै लागि सानैवाट अभिमुखीकरण गरिन्थ्यो । धर्मकाण्ड सिक्ने वा गुरुकुलमा पढ्नुलाई हेयभावले हेरिन्थ्यो तर पछिल्लो समय बदलिदै जान थालेकोछ । गुरुकुलमा राखेर पढाउनमा अभिभावकहरु बीच हानथाप हुन हुन थालेकोछ । त्यसको फलस्वरुप कपिलवस्तुको प्राचिन धर्मभूमि नन्दनगरमा रहेको मनकामना संस्कृत विद्यापीठमा मुलकुभरका विभिन्न जिल्लावाट छानिएर आएका ८५ जना बालवालिकाले संस्कार, सभ्यता र धर्मकर्म सिक्दै समाजका लागि असल धर्मगुरु बन्ने पेशाका लागि तयार हँुदै आएका छन् ।
गौतमवुद्धको क्रिडा थलोको रुपमा परिचित कपिलवस्तु जिल्लामा थुप्रै पर्यटकीय ऐतिहासिक स्थलहरु भए पनि तिनीहरुको उचित प्रचारप्रसार हुन नसकि रहेका बखत वाणगंगा नगरपालिका वडा नं. २ नन्दनगरमा रहेको मनकामना संस्कृत विद्यापीठ समेत ओझेलमा परेकोछ । गुरुकुल अवधारणा अनुसार बाल विकास केन्द्र सहित निमावि सम्मको विद्यालय चलिरहेको उक्त विद्यापीठको उचित प्रचार प्रसार र सडक यातायातको अभावका कारण महत्वपुर्ण उक्त स्थल भएर पनि ओझेलमा परेको छ ।
हरेक विहान साना साना वालवालिकाहरुको सुमधुर प्रवचनले नन्दनगर गाउँलाई नै रमणीय पार्दै शान्तीको आभाष गराउँछ । कक्षा ६ मा पढ्ने पाल्पाका अर्जुन चापागाईले संस्कृत शिक्षा राम्रो लागेको वताए । यहाँ पढ्दा आनन्दको महशुस भएको उनको भनाई छ । उनी भन्छन् , “विहान उठेर स्नान गर्ने, जव सन्ध्या, योग गरि पढ्दा आफुलाई निकै आनन्द लाग्छ ।” भविष्यमा ठुलो मान्छे वन्छु अनि धार्मिक प्रवचन दिन्छु, नेपाली हुनुको पहिचान दिन्छु उनले भने ।
त्यस्तै कक्षा ३ मा अध्ययन गर्दै आएकी अंकिता भट्टराईले पनि विद्यापीठमा पढ्दा आनन्द लागेको वताइन् । दुई वर्ष अगाडि सामान्य रुपमा रहेको गुरुकुललाई २०७० सालमा विधिवत् रुपमा व्रतवन्ध गरेर अगाडि वढाईएको गुरुकुलका प्रअ एवं नेपाल महर्षि वैद्यिक फाउण्डेसन फर एग्रीकल्चरका ध्यान शिक्षक युवराज बेल्वासेले वताए ।
कक्षा ८ सम्म स्वीकृति लिएर संचालनमा आएको विद्यापिठमा गुल्मी, पाल्पा, रुपन्देही, नेपालगञ्ज, अर्घाखाँची र कपिलवस्तु गरी ८५ जना वालवालिका रहेका छन । जसमा ७० जना आवासीय रुपमा रहेका छन । यहाँ पढ्नेहरुमा ९ जना बालिका समेत रहेको उनले जानकारी दिए । नेपाल सरकारले धार्मिक अनुदान भनेर वार्षिक रुपमा पाँच लाख र एक जना करार शिक्षकका लागि दुई लाख २९ हजार रुपैयाँ आउने गरेको उनले प्रष्ट्याए । यसैगरी बाल विकासको कार्यालय सहयोगीलाई मासिक ६ हजार र कार्यलय सहयोगीका मासिक साढे ७ हजार आउने गरेको उनले बताए । विद्यापिठ व्यवस्थापन समितिका अध्यक्ष दयाराम पौडेलले स्थानीयको पहलमा र फाउण्डेसनको सहयोगमा यसलाई अझै व्यवस्थित गर्न लागिएको वताए ।
नेपाल सरकारले मनकामना विद्यापिठलाई अनुमती दिए पनि आर्थिक न्युन दिएको र दरवन्दी नदिएको वताए । स्थानीयले मुठ्ठी दान गरेर नमुना वनाउने पहल गरेको उनी वताउँछन । विद्यापीठ आध्यात्मिक एवं प्राकृतिक मनोरमपुर्ण छ । सो स्थानको नजिक हुदै वाणगंगा नदी बग्छ भने विभाण्डक ऋषिले तपस्या गरेको समेत उक्त स्थान हुनुका साथै सृड्डी ऋषिको क्रिडाभूमिको रुपमा समेत सो स्थानलाई लिने गरिन्छ ।
गुरुकुलमा दैनिक भावातीत ध्यान, योगाशान साथै रुद्राभिषेक हुने गरेको छ । जसले गर्दा वरिपरिको वातावरणमा समेत सत्गुणको प्रभाव फैलन थालेको छ । गुरुकुलमा विद्यार्थी भर्ना पनि क्रमश बढ्दै गएको र माविलाई समेत पहल गरिएको छ । स्थानीयबासी, अभिभावक, शुभचिन्तक, सहयोगी एवं दाताहरुको सहयोगमा उक्त गुरुकुललाई व्यवस्थित, आत्मनिर्भर र उदाहरणीय रुपमा स्थापित गराउने काम अघि वढेकोछ । सवैको साथ सहयोग जुटदै गरेको स्थानीय बताउँछन । उक्त स्थान जडिवुटिको समेत धनीछ । यस क्षेत्रमा कुरीलो, अमला, रुद्राक्षका साथै आँप, भुइकटहर, अम्वा, केरा, लिचि लगायतका फलफुलहरु समेत प्रशस्त मात्रामा रहेका छन ।
स्थानीयवासीको आत्मीय सहयोगको भावनाले गर्दा उक्त क्षेत्रमा आफ्नो मौलिक पहिचानको धर्म, संस्कार र संस्कृतिको संरक्षण र समवद्र्धन हुनु जरुरी रहेको स्थानीय ज्ञानवहादुर महत बताउँछन् । यस क्षेत्रको महत्वको वारेमा संचारजगतले पनि जनसमक्ष उजागार गरिदिनु पर्ने उनको तर्क थियो । उचित प्रचार प्रसार, सडक विस्तार, यातायातको सुविधा नहुँदा महत्वपुर्ण स्थान भएर पनि सवैको आकर्षणको केन्द्र बन्न नसकेको स्थानीयको गुनासो छ ।
२९ माघ २०७५ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया