गीता अर्याल, वाणगंगा ।
कपिलवस्तु जिल्लामा रहेका ईटा उद्यमीहरुले आफ्ना ईटा उद्योगमा रहेका वालवालिकाहरुलाई लक्षित गरी व्रिज स्कुल कार्यक्रम संचालनमा ल्याएका छन् । जिल्लाका करिब ६१ वटा ईटा उद्योगहरु मध्ये १२ ईटा उद्योगहरुले व्रिज स्कुल (बाालविकास कक्षा) संचालनमा ल्याएका हुन् । उद्यमीले ईटा उद्योगमा वालश्रम निवारण गर्ने उद्देश्यले व्रिज स्कुल कार्यक्रम संचालनमा ल्याइएको हो । प्रारम्भिक वालविकास तथा सिकाई केन्द्र, ईटा उद्यमी र घरघरमा शिक्षा तथा आत्मर्निर विकास संस्था नेपालको सहकार्यमा संचालन गरिएको हो ।
घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालले ग्लोवल फेयरनेस इनिसियटिभ नेपालको साझेदारीमा वेटर व्रिक नेपाल परियोजना अन्तरगत व्रिज स्कुल कार्यक्रम संचालन हुदै आएको छ । व्रिज स्कुल कार्यक्रमले ईटा उद्योगमा केही समय कामदारको रुपमा अभिभावकहरुसंगै आएका ३ देखि ५ वर्षका वालवालिकाहरुलाई प्रारम्भिक वालविकास केन्द्र मार्फत उनीहरुको वृति विकासमा सहयोग पु¥याएको छ भने विद्यालय जानवाट वन्चितीमा परेका वालवालिकाहरुको पढाई प्रतिको रुची जगाउदै पुन अध्ययन गर्ने अवसर जुटाएको छ । विद्यालय जादै गरेका र कामको सिजनमा कामदार अभिभावक संगै उद्योगमा आउनु पर्ने वाध्यताका कारण विद्यालय छुट्न गएका वालवालिकाहरुलाई उद्योगको नजिकमा रहेको विद्यालयसंगको सहमतीमा कक्षा संचालन भएको संस्थाका कार्यक्रम प्रमुख दुर्गा अर्यालले जानकारी दिनुभयो ।
घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालले ग्लोवल फेयरनेस इनिसियटिभसंगको साझेदारीमा वेटर व्रिक अर्थात राम्रो ईटा अर्थात कामदारहरुको मानविय पक्ष, शिक्षा, स्वास्थ, सुरक्षा समेतलाई ख्याल गरेर उत्तरदायी उत्पादन गर्न र उद्योगहरुको समग्र रुपान्तरणको क्षेत्रमा कार्य गर्दछ । यसै क्रममा प्रथम चरणमा वालश्रम न्यूनिकरण गर्न उद्योगीहरुको सहमती अनुसार व्रिज स्कुल कार्यक्रम अन्तरगत कक्षा संचालन गरेर वालश्रम अन्त्यका लागि पहल भएको हो । जिल्लामा हाल सम्म व्रिज स्कुल कार्यक्रममा गत वर्ष प्रारम्भिक वालविकास केन्द्रमा ४ सय ७६ जना वालवालिका र १ सय ११ जनालाई विद्यालयमा भर्ना गराईएको थियो भने यसवर्ष हालसम्म ४ सय वढि वालवालिकाहरु सिकाई कक्षा मार्फत लाभान्वित भएका छन् भने उद्योगमा अभिभावकहरुसंग वालवालिकाहरु आउने क्रम जारी रहेको संस्थाले जनाएको छ ।
कपिलवस्तु जिल्लाका सचेत तथा वौद्धिक उद्यमी द्धारा संचालन गरेका ईटा उद्योगहरुमा आफ्ना कामदार तथा त्यँहा रहेका वालवालिकाहरुको मानवीय पक्षलाई ध्यान दिदै उत्तरदायी उत्पादन गर्ने सुरु गरेका छन । ति उद्योगहरुमा सेभेन स्टार ईटा उद्योग, एनएसएस ईटा उद्योग, वुद्ध ईटा उद्योग, वौद्ध ईटा उद्योग, आरसी ईटा उद्योग, एपोलो ईटा उद्योग, समृद्धि ईटा उद्योग, ज्योति ईटा उद्योग, न्यूज्योति ईटा उद्योग, राविया ईटा उद्योग, एसवियु ईटा उद्योग, जयसवाल ईटा उद्योगमा कक्षा संचालनमा रहेको छ । अन्य २ वटा हिमाल, मनिष ईटा उद्योगहरुमा वालवालिका नभएका कारण कक्षा संचालनमा आएको छैन भने रुपन्देहीमा सोना र सिद्धार्थ ईटा उद्योग, नवलपुरमा मातामनकामना ईटा उद्योगमा कक्षा संचालनमा रहेको छ ।
जिल्लामा रहेका ६१ ईटा उद्योगहरुमा प्रति उद्योग औसत २० का दरले करिव १२ सय वढी वालवालिकाहरु रहेका अनुमान गरिएको छ । ईटा व्यवसायी महासंघको हालै सम्पन्न अधिवेशनले ईटा उद्योगहरुमा शिक्षा, स्वास्थ्य र सुरक्षाको सवालमा नीति पारित गरेको भएपनि अन्य उद्योगहरुमा यसको प्रभाव पर्न सकेको छैन । उद्योगमा रहेका कामदारहरुका वालवालिका तथा उनीहरुका मानवीय पक्षहरुमा समेत सम्वन्धित सरोकारवालाहरुको समेत ध्यान पुग्न सकेको छैन । वालवालिकाहरुको शिक्षा पाउने अवसर, वाल अधिकार तथा संरक्षणमा सरोकारवालाहरुको वेलैमा ध्यान पुरयाउन सकेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सरकारले गरेको प्रतिवद्धता कार्यान्वयन हुनेमा सहज देखिन्छ ।
प्रतिक्रिया