११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

कपिलवस्तु वन पैदावार उद्योग व्यावसायी संघमा शर्मा सर्वसम्मत



मायादेवी अनलाइन, कपिलवस्तु । 

कपिलवस्तु वन पैदावार उद्योग व्यावसायी संघ कपिलवस्तुको अध्यक्षमा पशुपति शर्मा चयन हुनुभएको छ । तौलिहवामा जारी पाँचौ साधारण सभा तथा तेश्रो अधिवेशनले सोमबार रातिसम्म बसेर अध्यक्षमा शर्मालाई सर्वसम्मत चयन गरिएको हो ।

यस्तै उपाध्यक्ष पदका ४ जनाको पनि टुङ्गो लागेको छ । विष्णु प्रसाद पाण्डे, कृति मल्ल, रनेन्द्र सेन, सुरेन्द्र पाण्डे उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो भने सहकोषाध्यक्षमा पनि राज कुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको छ ।

अब महासचिव, वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष पदमा सर्वसम्मत गर्ने प्रयास भइरहेको छ । आज ती पदको टुङगो लाग्ने छ । अधिवेशनको सोमबार वन उद्योग पर्यटन तथा वन मन्त्री लिला गिरीले उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७५ मंगलबार ००:००  १ : २० बजे