मणि प्रसाद गैह्रे, बुद्धभूमि ।
बुद्धभुमि नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महांसघको समन्वयमा बुद्धभूमि न.पा.– १ टिक्करमा नगरपालिकाको चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सार्वजनिक सुनुवाईमा नागरिकले टोल फि नम्बर सुचारु गर्नुपर्ने कृषि र पशुमा लगानी गर्नुपर्ने, विद्यालयमा सेनेटरी प्याडको ब्यावस्था हुनुपर्ने, गुणस्तरीय काम हुनुपर्ने तथा पारदर्शी हुनुपर्ने, रोगजारी मुलक उद्योग खोलेर युवाहरुलाई रोजगार दिने कार्यक्रम संचालन गर्न माग गरेका थिए ।
भ्रष्ट्रचार अन्त्य गर्न आफुवाटै शुरु गर्नु प्रर्ने लगाएका सुझाव दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महांसघका सदस्य मनिश कार्किले नागरिक प्रतिबेदन पेश गरेका थिए । नागरिकले उठाएका जिज्ञासाको नगर प्रमुख केशव कुमार श्रेष्ठले जवाफ दिदै बुद्धभूमि नगरपालिकाले जनतालाई विकासको अनुभुति दिने गरी काम अगाडी बढेको बताएका छन ।
स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले जनताको जिवन स्तर माथी उठाउन, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकास हुनु पर्ने भन्दै त्यसका लागी पुर्वाधार बन्दै गरेको बताएका छन । उनले गौरबको आयोजनाको रुपमा बुद्धभुमि नगरपालिकाका सबै गाउलाई समेटने गरि चर्कपथ निमार्ण गर्न शुरु भइसकेको बताएका छन ।
मेयर श्रेष्ठले जनप्रतिनिधिले गरेका काम पारदर्शी बनाउन ओयवसाइडमा सबै निर्णय, सुचनाहरु राखिएको, कर्मचारीलाई ब्यवस्थित गर्न ई–हाजिरी नगरपालिका, वडा, विभिन्न शाखा तथा स्कुलहरुमा सुरु गरेको, दुर्घटना न्युनिकरणका लागि सिसि क्यामरा विभिन्न चोकचोकमा राख्न लागिएको स्वास्थ्य चौकिहरुमा औषधी अभाव हुन नदिन ३० लाख बजेट विनियोजन गरी खरिद गरिएको छ । विभिन्न तालहरु मर्मत गरि आन्तरिक पर्यटन भित्राउन होमस्टे संचालन गर्न थालेको लगायतका काम सुरु गरेको बताएका थिए ।
कार्यक्रममा लेखा अधिकृत रामचन्द्र अर्यालले यस आवको हाल सम्म चालु खर्च तर्फ १२ करोड ५० लाख २९ प्रतिशत खर्च भएको र पूजिगत तर्फ वा विकास खर्च जम्मा १ करोड ५७ लाख अर्थात ५ प्रतिशत खर्च भएको बताएका थिए ।
यसै गरी वडा नं. १ का वडा अध्यक्ष तेजवहादुर बस्नेत स्थानीय समस्या समाधान गर्न नागरिकको सुझाव आवश्यक रहेको बताएका थिए । पत्रकार महासंघका प्रदेश सदस्य नन्दराम पौडेलले जवाफदेही नगरको लागि सूचना मैत्री काम गर्नुु पर्ने बताए ।
जानु पाण्डेको संचालन भएको कार्यक्रममा वडा सदस्य इश्वरी प्रसाद पौडेलको स्वागत र पत्रकार महांसघका सदस्य मणी गैरेले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा नागरिकहरुको तर्फवाट दिपक पन्थी प्रकाश खनाल, मोति बहादुर थापा, ओम बहादुर केसी, दल बहादुर जिसी, बलराम भुसाल, राम नारायण मिश्रा लगायतले जिज्ञासा राखेका थिए ।
२८ माघ २०७५ सोमबार ००:००
0
Shares
प्रतिक्रिया