९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

घाइते विद्यार्थीलाई नेविसंघको सहयोग



मायादेवी अनलाइन, चन्द्रौटा ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती कपिलवस्तुले सोमबार नगद राहत वितरण गरेको छ । यही पौष ९ गते देखि १२ गते सम्म शिवराज नगरपालिकाको आयोजनामा सम्पन्न भएको नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कबड्डी खेलमा सहभागी भई घाइते भएका शिवराज नगरपालिका वडा नं. ९ प्रकाश मा.विमा अध्यनरत सुरज घर्तीमगरलाई नेपाल विद्यार्थी इकाई समितीको आयोजनामा नेविसंघ कपिलवस्तुले नगद उपचार स्वरुप पांच हजार एक सय रुपैया सहयोग गरेको छ ।

घाईते खेलाडीलाई नगरपालिकाले सहयोग नगरेको घर्तिले गुनासो गर्दै आएका थिए । हाल घर्तिको स्वास्थ्यमा सुधार भएको र खेलप्रतिको हौसला बढाउनका लागि राहत स्वरुप नेविसघंले  सहयोग गरेको नेविसघंका जिल्ला सचिव राजु खरालले बताउनुभयो ।

कार्यक्रम नेपाल विद्यार्थी इकाई समितीका सभापति सुनिल परियारको सभापतित्व, नेविसघंका जिल्ला सचिव राजु खरालको प्रमुख आतिथ्यता, प्रकाश मा.वि का प्राचार्य माधव के.सीको विशिष्ट आतित्थ्यता, नेविसंघ जिल्ला सदस्य दिपक गैरे, मुकुन्द पाण्डे, नेपाल पत्रकार महासघंका कोषाध्यक्ष दिपक खड्का, प्रेस युनियनका सह–सचिव कृष्ण गैरे लगाएतको आतित्थ्यता रहेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७५ सोमबार ००:००  १२ : २९ बजे