११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

मौसममा फेरि बदली, आज केही स्थानमा पानी पर्ने



काठमाडौँ ।
लगातार चार दिन भारी वर्षासहित बदली भएको मौसममा आइतबार सुधार आएपनि सोमबार भने फेरि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव फेरि बलियो भएर आएकोले सोमबारको मौसममा आशिंक देखि सामान्य बदली रहने महाशाखाले उल्लेख गरेको छ । आइतबार देशभरको मौसम सफा भएर घाम लागेको थियो ।
तर सोमबार भने देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५ सोमबार ००:००  ४ : ३७ बजे