चन्द्रकान्त न्यौपाने, मायादेवी अनलाइन ।
एउटा उखान नै छ, ‘भाइ फुटे गवार लुट’ । हाम्रो समाजमा अक्सर यो भनाई चरितार्थ छ । भाइभाइ फुट्दा न आफ्नो हित हुन्छ, न अरुको हित । बरु यसको फाइदा अरुले लिन्छन् । तर भाइभाइ जुठेर एकै ठाउँ काम गर्दा भने धेरै सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बैरियाका पाण्डे दाजुभाइले प्रमाणित गरेका छन् । सामान्य परिवारमा रहेका उनीहरु सानैदेखि मिलेर एकजुट भएर व्यावसाय गर्दै जाँदा अहिले उनीहरुको हैसियत मजबुत बनेको छ । यो सफलता उनीहरुले एक्लै गरेर भएको होइन । तीनभाइको बल र लगानी एकै स्थानमा भएर हो ।
सानो ‘कवाडी’ खानाबाट व्यावसाय गरेका उनीहरुले अहिले करोडौँको पुँजी रहेको हार्डवेयर संचालन गर्दै आइरहेका छन् भने सरस्वती पुजा अर्थात माघ २७ गतेबाट उनीहरुको व्यावसायको आकार र आयतन थप बढेको छ । उनीहरुले हार्डवेयरको साथमा अब मार्वल्स, टायल्स र सेनेटरीको व्यापार सुरु गरेका छन् । जिल्लाको बाणगंगाा १ वैरियामा पाण्डे हार्डवेयरको रुपमा रहे पनि अब पाण्डे मार्वल्स, टायल्स, सेनेटरी एण्ड एसोसेयरिज सप्लायर्सको नाममा कारोबार गर्ने संचालक हरि पाण्डेले जानकारी दिनुभयो । आम ग्राहकलार्ई गुणस्तरयुक्त र उच्च स्तरीय हार्डवेयरका सामान बेचेर मन जितेपछि उनीहरुको सुविधालाई मध्येनजर गरी मार्वल्स, टायल र सेनेटरीको फुटकर तथा होलसेल विक्रिवितरणको सुविधा ल्याएको युवा व्यावसायी ध्रुव पाण्डेले जानकारी दिनुभयो । युवाहरु विदेश पलायन भइरहेका बेला देशमा केही गर्नुपर्दछ भनेर आफूहरुले थप लगानी गरेको पाण्डेले बताउनुभएको छ । त्यहाँ बर्गर पेन्टस पनि पाइन्छ ।उद्घाटन समारोहमा जनप्रतिनिधि, यस क्षेत्रका उद्योगी, व्यावसायी आदिको सहभागिता रहेको थियो ।
यसको अर्का संचालकको रुपमा कान्छा भाइ सूर्य पाण्डे रहनु भएको छ । उहाँले दाजुभाइमा फुट नभई मिले र अगाडी बढेमा सजिलै सफलता पाइन्छ भन्ने कुरा बुझेको मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । अझै पनि यस व्यावसायमा थप लगानी गरेर गा्रहकलाई एकै स्थानबाट सबै निर्माण सामाग्री पाइने गरी काम गर्ने ध्रुव पाण्डेले बताउनु भयो । सुरुका दिनमा कवाडी खाना संचालन गर्दा मानिसहरुले बिभिन्न कुरा गरे पनि अहिले त्यसैको बलमा यहाँसम्म आइपुग्दा सबैले राम्रो भन्ने गरेको तीन दाजुभाइले हामीलाई बताउनु भयो ।
प्रतिक्रिया