नवलपरासी ।
पश्चिम नवलपरासीको गण्डक क्षेत्रमा भारतीय पक्षद्वारा अहिले भइरहेका संरचनाको मर्मत प्रभावकारी बन्न सकेको छैन । नेपाल भारत गण्डक सम्झौता अनुसार नेपाली भूमि गण्डक क्षेत्रमा संरचना निमार्ण भए पनि सो संरचनाअन्तर्गत गण्डक बाँधसहित अन्य सबै संरचनाको मर्मत गर्ने काम भारतीय पक्षको हुने उल्लेख गरिएको थियो ।
अहिले गण्डक क्षेत्रअन्तर्गत सुस्ता गाउँपालिका–४ नर्सहीस्थित नारायणी नदीको बि ग्याप अन्तर्गत ठोकर न–६ मा तटबन्ध निमार्र्ण भइरहेको छ । ठोकरको संरचना बलियो पार्ने उद्देश्यले अहिले ठोकरको स्परमा तटबन्ध कार्य जारी भएपनि सो काम ठेक्का पाएको भारतीय ठेकेदार पक्षले सम्झौता बिपरित गुणस्तहीन काम गरेको स्थानीय श्याम थापामगर बताउनुहुन्छ ।
गोरखपुरस्थित महाकाल एशोसिएट्स निर्माण कम्पनीले सो क्षेत्रमा तटबन्ध निर्माण गर्ने गरी ठेक्का पाएको थियो. । सम्झौताबमोजिम तारजाली एक मिटर चौडाई हुनुपर्नेमा सो बमोजिम नभएको स्थानीयवासीको भनाइ छ । भारतीय पक्षबाट गरिएको सो काम मापदण्डअनुसार नभएको नेपालको तर्फबाट भारत सरकारलाई सहजीकरण गर्दै आउनुभएका भूआर्जन कार्यालयका प्रमुख तारासिंह थापा बताउनुहुन्छ ।
लागत अनुमान र जिपीआर कार्यालयमा भारतीय पक्षले अहिलेसम्म उपलब्ध गराएको छैन् । पत्राचार गरेर कागजात पत्र माग गरेको धैरै दिन भयो प्राप्त भएको छैन् लागत स्टिमेट र जिपिआर छैन कसरी अनुगमन गर्ने प्रमुख थापाको भनाइ छ ।
गण्डक क्षेत्रमा कार्य गर्ने जिम्मा भारतीय ठेकेदार कम्पनीले प्राप्त गरेर पनि सो काम बारे नेपाली प्रशासन र सिँचाइ कार्यालयलाई अनुगमन गर्ने कुनै अधिकार नहँुदा काम प्रभावकारी बन्न नसेकेको हो । (रासस)
प्रतिक्रिया