मायादेवी अनलाइन, तौलिहवा ।
प्रहरीले साउन देखि माघ २६ सम्म खोलाबाट बालुवा चोरीमा संलग्न भएका ९३ वटा साधनलाई पक्राउ गरेको जनाएको छ । खोला नालामा ठेक्का नलागे पछि कारोवारीहरुले खोलाबाट बालुवा चोर्ने गरेका थिए । अहिले भने जिल्लाका अधिकांश स्थानीय तहले खोला नालाको ठेक्का लगाई सकेका छन । बालुवा चोरीबाट १९ लाख ७० हजार जरिवाना रकम उठेको प्रहरी नायब उपरिक्षक रबि रावलले बताउनुभयो ।
चोरीमा संलग्न भएका ट्याक्टरलाई २५ हजार र टिप्परलाई ४० हजारका दरले जरिवाना तिराईएको थियो । खोलामा नदीजन्य पदार्थ चोर्न जाने ८६ वटा ट्याक्टर, ६ टिप्पर र एउटा जेसिबि पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, इलाका प्रहरी कार्यालय पिपरा, गोरुसिंगे, चन्द्रौटा, गणेशपुर प्रहरीले बालुवा चोरीमा संलग्न साधनलाई पक्राउ गरी जरिवानाका लागि जिल्ला समन्वय समितिमा चलान गरेको थियो ।
प्रतिक्रिया