धादिङ ।
लागुऔषध चरेससहित धादिङको गजुरीबाट तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । केन्द्रीय लागु औषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले भारतीय कन्टेनरबाट ३६० किलो चरेस बरामद गरेको हो ।
सुराकीको आधारमा काठमाण्डौबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा एस आर ५५ एम ९४८४ नम्बरको भारतीय कन्टेरबाट ठूलो परिमाणको लागु औषध बरामद गरिएको हो ।
भारत मोतिहारीका गुलाब खान, चालक ओमप्रकाश र सहचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सहचालकको नाम खुलाइएको छैन ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय गजुरीले हिरासतमा लिएको छ । सवारी साधन र लागुऔषध बरामद गरिएकोले लागुऔषध ओसार–पसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
२७ माघ २०७५ आइतबार ००:००
0
Shares
प्रतिक्रिया